सेमिफाइनलमा पुग्न सफल भयो सेण्ट जोसेफ्स स्कूल

IMG-20240926-WA0187

दार्जीलिङ: सेण्ट रोबर्ट्स स्कूल (एसआरएस), दार्जीलिङको आयोजनमा जारी पाँचौं सेण्ट रोबर्ट्स च्यालेञ्ज इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा मंगपूको सेण्ट जोसेफ्स स्कूलले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। बुधवार खेलिएको टुर्नामेण्टकोचौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा सेण्ट जोसेफ्स स्कूलले रामकृष्ण शिक्षापरिषद (आरकेएसपी)-विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमका बिश्वास शर्मालाई प्लेयर अव् द म्याच चयन गरियो।

यस प्रतिष्ठित इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा दार्जीलिङ र वरिपरिको क्षेत्रबाट जम्मा २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल ३० सेप्टेम्बरमा खेलिनेछ।

About Author

Advertisement