गौ हत्यामाथि प्रतिबन्ध लगाउनु पर्छ र गाईलाई पशुको सूचीबाट हटाउनु पर्छ: अविमुक्तेश्वरानन्द सरस्वती जी महाराज

n6324564611727288420525cc25fcb970f00af55a73618c91e2c967acdd1237552d33b4a63220ad162d2132

गान्तोक: परम पूज्य जगद्गुरु शंकराचार्य स्वामी श्री अविमुक्तेश्वरानन्द सरस्वती जी महाराजले देशमा गौ हत्यामाथि प्रतिबन्ध लगाउनु पर्ने र गाईलाई पशुको सूचीबाट हटाएर माताको मान्यता दिनुपर्ने माग गरेका छन्।
सिक्किमको दुई दिवसीय भ्रमणमा आएका परम पूज्य महाराजले आज राजधानीमा पत्रकारहरूलाई सम्बोधन गर्दै उक्त कुरा भने।
परम पूज्य महाराजले आफ्नो सम्बोधनमा भने, ‘गाईलाई पशुको सूचीमा राखिएको छ, यस कारण हाम्रो मन दु:खी छ। हामी गाईलाई माताको दर्जा दिन्छौं।’ अशोक स्तम्भ भारतको राजचिन्ह रहेको अवगत गराउॅंदै परम पूज्य महाराजले भने, ‘अशोक स्तम्भमा अशोक चक्र छ। चारवटा सिंह पनि छ, जुन पराक्रमको प्रतीक हो। यसरी नै हात्ती, घोडा, सिंह र गोरु पनि छ। यी चार प्रतीकमा भारतको संस्कृति टिकेको छ। देशमा हात्ती, घोडा र सिंहको हत्यामाथि प्रतिबन्ध छ, तर गोरु मात्र किन मारिन्छ।’
महाराजले के भारतले आफ्नो राजचिन्हको मर्यादा राख्न सक्दैन भनी प्रश्न गरे। भारतले आफ्नो चार आधार स्तम्भको रक्षा गर्दै प्रतिष्ठा र मर्यादा कायम राखोस् भन्ने हामी चाहन्छौं भनी महाराजले बताए। महाराजले अघि भने, ‘गाईसॅंग सनातन धर्मको नाताका कारण हाम्रो माता हुन। जसले सनातन धर्मलाई मान्छन्, गाई उनीहरूका माता हुन्। सनातनीहरूको निम्ति गाई सदैव माता रहिरहनेछ।’
महाराजले पूर्वोत्तर क्षेत्रका राज्यहरू भ्रमण गरेर आफ्ना विचारहरू मानिसहरूसॅंग साझा गर्ने उद्देश्य रहेको अवगत गराए। तर, नागाल्याण्ड सरकारले क्याबिनेटको बैठक डाकेर आफुलाई राज्यमा प्रवेश गर्न प्रतिबन्ध लगाएको जानकारी गराए। महाराजले आश्चर्य व्यक्त गर्दै भने, ‘हामी चाहन्छौं कि हाम्रो भावनाको सम्मान होस् र तपाईहरूको परिस्थितिको पनि सम्मान गरौं। सबै मिलेर समाधानको बाटो खोजौं।’
अर्कोतिर, महाराजले यो अभियान देशी नस्लको वेदलक्षणा गाईको निम्ति रहेको स्पष्ट गरे। महाराजले भने, ‘देशी नस्लको वेदलक्षणा गाई हाम्रो निम्ति पूजनीय छ। गाईको मल र मूत्रमा पवित्रता छ। गाई र गाई जस्तै देखिने प्राणीमा धेरै विभिन्नता छ। आज देशमा केवल २५-३० प्रतिशत छन्। हाम्रो आन्दोलन गाईको निम्ति हो, गाई जस्तै देखिने प्राणीको निम्ति होइन। यस विषयलाई बुझ्न आवश्यक छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement