श्रमिकहरूको बोनसलाई लिएर बिमल गुरुङको बयानको भागोप्रमो खसाङद्वारा विरोध

IMG-20240925-WA0339

खरसाङ: चिया श्रमिकहरूको पूजा बोनस सम्बन्धमा गोजमुमो अध्यक्ष विमल गुरूङले सोह्र प्रतिशतको पक्षमा बयान दिएको सन्दर्भलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, खरसाङ महकुमा समिति अध्यक्ष सुवास प्रधान अनि सचिव प्रणाम रसाइलीले आपत्ति जनाएका छन्। तिनीहरूले पत्रकारहरूलाई सम्बोधन गर्दै सबै श्रमिक सङ्गठनहरू २० प्रतिशतमा अडिग रहेको समय विमल गुरूङले कसरी सोह्र प्रतिशतको पक्षमा आफ्नो बयान दिए भन्दै आज श्रमिकहरुले यसरी दुःख पाउनुको मूख्य कारण पनि २०१७ मा एउटा भाषिक निहुँ बनाएर गरेको असफल आन्दोलनको कारणले हो भनी जनाए। भागोप्रमो अनि यसको श्रमिक सङ्गठन २० प्रतिशतकै पक्षमा रहेको अवगत गराउँदै मालिकवर्गले यसमा कुनै ढिलाई र सम्झौता नगरी श्रमिकहरुलाई २० प्रतिशतको दरले बोनस दिनुपर्ने माग गरेका छन्।

About Author

Advertisement