ब्राउन सुगरसहित दुइ पक्राउ

IMG-20240924-WA0339

गान्तोक: रानीपुल पुलिसले ब्राउन सुगर सहित दुइ व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा नेपाल निवासी फूर्बा तामाङ र दार्जीलिङ निवासी सुरज सुब्बाको रूपमा पुलिसले चिन्हित गरेको छ। नेपाल निवासी फूर्बा तामाङ केही दिनदेखि मार्चकमा बस्दै आइरहेका थिए भने सुरज सुब्बा रानीपुलस्थित स्माइल ल्याण्डमा बसोबासो गर्दै आइरहेका थिए। पुलिसले जानकारी गराए अनुसार फूर्बा तामाङ किरायाको घरमा बस्दै आइरहेको र उनले नशालु पदार्थको धन्दा गर्दै आएको पुलिसले शंका गरेको थियो। पुलिसलाई विश्वासनीय सुत्रले दिएको जानकारी गराए अनुसार पुलिसले फूर्बा तामाङको किरायाको कोठामा जाँच गर्दा ३५ पाउच ब्राउन सुगर फेला परेको थियो जसको वजन ५.६५ ग्राम रहेको छ। यसरी नै २६.६९ ग्राम्स गाँजा फेला पारेको छ। यस घटनालाई लिएर रानीपुल पुलिसले एनडीपीएस एक्ट १९८५ र बीएनएसअन्तर्गत आरोपीहरू विरूद्ध मुद्दा दर्ता गरी केरकार शुरू गरिएको छ।

About Author

Advertisement