मनबहादुर गुरुङ नाट्य सम्मान नाट्यकर्मी ललित तिवारीलाई प्रदान गरिने

IMG-20240924-WA0320

सोनादा: साहित्यकार स्व. मनबहादुर गुरुङ नाट्य सम्मान २०२४ ले नाट्यकर्मी ललित तिवारीलाई अलङ्करण गरिने भएको छ। भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार, नाटककार, संगीतज्ञ स्व. मनबहादुर गुरुङको स्मृतिमा साहित्यकार मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान गठन गरिएको छ। एक प्रखर नाटककार नाट्य कलाकार, कवि, संगीतकार मनबहादुर गुरुङको कृति र कर्मलाई स्मरण गर्न तथा उनीमाथि अझ काम गर्नलाई यो प्रतिष्ठान गठन गरिएको छ। यस प्रतिष्ठानमा संरक्षकको रूपमा उनको सुपुत्र सुमन गुरुङ र छोरी मञ्जरी गुरुङ रहेका छन्। प्रतिष्ठानमा युवा सर्जकहरू नरेश कटुवाल, रसिक छेत्री, पत्रकार किरण छेत्री, शिक्षक मेघेन्द्रमणि थापा अादि रहेका छन्। यसै प्रतिष्ठानको पहल र सोनादा डिग्री कलेजको संयुक्त तत्वावधानमा अन्तर विद्यालय तर्क प्रतियोगिता आगामी २७ सेप्टेम्बरको दिन सोनादा डिग्री कलेजमा नौवटा विद्यालयहरूलाई लिएर आयोजना गरिने भएको छ। साहित्यकार मनबहादुर गुरुङको कृति र कार्यलाई स्मरण गर्न प्रतिष्ठानको पहलमा यस वर्षदेखि प्रथम स्व. मनबहादुर गुरुङ स्मृति सम्मानद्वारा नेपाली नाट्य जगतका वरिष्ठ नाट्यकर्मी कलकार ललित तिवारीलाई सम्मानित गरिने भएको छ। उक्त सम्मान उनको नाट्य क्षेत्रमा दीर्घकालीन योगदान अनि श्रमको कदर गर्दै सम्मानित गरिने भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार डा. जीवन नामदुङ प्रमुख अतिथिको रुपमा उपस्थित रहने भएको छ। मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान अनि सोनादा डिग्री कलेजको संयुक्त आयोजनामा प्रतिवर्ष सो कार्यक्रम आयोजना गर्दै नाट्य क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तिहरूलाई ये सम्मानले सम्मानित गरिने भएको जानकारी मनबहादुर गुरुङ स्मृति प्रतिष्ठानको सदस्य नरेश कटुवालले दिएका छन्।

About Author

Advertisement