म चाहान्छु कुनै दिन जीटीए जस्तो व्यवस्था पनि नारीले नै चलावोस्: अनित थापा

IMG-20240924-WA0318

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए प्रमुख अनित थापाले नगरपालिका चुनावको तयारी गर्दै मिशन खरसाङ, मिशन कालेबुङ अनि मिशन मिरिक नारीहरूले बोकेर लगेकाे होस् भनी बताएका छन्। पार्टी अध्यक्ष अनित थापाले नारी शक्तिको चौथो स्थापना दिवसको समारोहमा सदस्याहरूलाई स्थापना दिवसकाे शुभकामना अनि बधाई दिँदै भने, “पुरुष सय प्रतिशत हुन् भने नारी पनि सय प्रतिशत नै हुन्। नारी सशक्तिकरणको कुरा गर्छौं भने नारी अनि पुरुष समान हुन् भन्ने सोच पनि राख्नुपर्छ। भागोप्रमो पार्टीले पहाड़मा पाँचजना नारीहरूलाई पञ्चायत समितिको सभापति बनाएर राखेको छ।’
अनित थापाले अघि भने, ‘म चाहान्छु कि कुनै दिन जीटीए जस्तो व्यवस्था पनि नारीले नै चलावोस्। नारी भएकोमा घमण्ड गर्नु सिक्नुपर्छ। हामी नारीलाई अघि लैजान प्रयासरत छौं। तर हाम्रो प्रयासमा तपाईहरुको पनि साथ हुनुपर्छ।”
उनले पार्टी सिद्धान्त अनि सोचले चल्छ। हल्ला गरेर, आक्रोश देखाएर पार्टी चल्दैन भन्दै भने, “आजको दिन खुसीको दिन हो। आगामी दिनमा नगरपालिकाको चुनाव हुँदैछ। त्यो चुनावमा पनि नारी कै वर्चस्व होस भन्ने सोच लिएर जानुहोस। त्यो सोचलाई कार्यमा परिणत गर्न ऊर्जा लिएर जानुहोस। मिसन खरसाङ, मिसन कालेबुङ अनि मिसन मिरिक नारीहरूले बोकेर लगेकाे होस।’

About Author

Advertisement