नक्सलबारी: आज नक्सलबारीमा तृणमूल चियाकमान श्रमिक युनियनको तर्फबाट तराई चिया श्रमिक समावेशको आयोजना गरियो। नक्सलबारी आदिवासी मैदानमा आयोजना गरिएको उक्त समावेशमा श्रम तथा कानुन मन्त्री मलय घटक, राज्य श्रमिक युनियनका सभापति ऋतुव्रत ब्यानर्जी, जिल्ला सभानेत्री पापिया घोष, जिल्ला श्रमिक युनियका सभापति निर्जल दे लगायत अन्य उपस्थित थिए।
आजको समावेशमा राष्ट्रिय झण्डा उत्तोलन गरेपछि चियाकमानहरूको विभन्न विकासमूलक कार्य तथा समस्याहरूबारे श्रममन्त्रीले वक्तव्यं राखे। यस अवसरमा मलय घटकले भने, जिल्लाको बन्द चियाकमानंहरू खोलिनेछ। चिया सुन्दरी परियोजनाको काम शुरू भएको छ भने आगामी दिनमा विभिन्न चियाकमानमा उक्त परियोजनाको कार्य शुरू गरिनेछ ।