सैगुनको काठ तस्करी गरेको आरोपमा ५ जना तस्करलाई पक्राउ

IMG_20220822_205449.png

फाँसीदेवा: सैगुनको काठ तस्करी गरेको आरोपमा ५ जना तस्करलाई पक्राउ गरेको छ। तिनीहरूले सिमेन्ट र धानको भुसको बोराको आडमा तस्करी गरिरहेको थियो। आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गरियो। गोप्य सूचनाको आधारमा घोषपुकुर वन विभागले फाँसीदेवाको घोषपुकुरमा एउटा लरीलाई रोकेर छानबीन गर्दा लगभग डेढ करोड रुपियाँको सैगुनको काठ उद्धार गरेको छ।
घटनामा तरी चालक र खलासीलाई पक्राउ गरेर तिनीहरूसित सोधखोज गरेपछि नाका चेकिङ गरेर अझ एउटा वाहन सहित ३ जनालाई पक्राउ गरेको बताइएको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार असमबाट नागपुरमा तस्करी गर्ने उद्देश्यले उक्त काठ लगिरहेको थियो। पक्रा परेकाहरूमा २ जना हरियाणा निवासी हुन् भने अन्य ३ जना असम निवासी हुन्।

About Author

Advertisement