राष्ट्रिय राजमार्गमा चियापत्ती बोकेका दुई पिकअप भ्यान दुर्घटनाग्रस्त

IMG-20240621-WA0012-2

राजगञ्ज :सिलगढी-जलपाईगुडी राष्ट्रिय राजमार्गमा चियापत्ति बोकेका दुई पिकअप भ्यान दुर्घटनाग्रस्त भएका छन्। यो घटना आज साँझ राजगञ्जको गन्दरमोडसँग जोडिएको अकरीगाछ साहुब्रिज क्षेत्रमा भएको हो। यद्यपी यस घटनामा कुनै हताहतीको खबर आएको छैन। स्थानीय स्रोतका अनुसार चियापत्ती बोकेर दुईवटा गाडी मैनागडीबाट फुलबारी नजिकै रहेको चिया कारखानातर्फ जाँदै थिए। त्यसपछि साहुब्रिज क्षेत्रमा दुईवटा पिकअप भ्यान दुर्घटनामा परेका थिए। यता, घटनाको खबर पाएलगत्तै फुलबारी राजमार्ग ट्राफिक पुलिस घटनास्थलमा पुगेर दुर्घटनामा परेका दुवै पिकअप भ्यानलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement