बिहेको नाममा प्रेमिकासँग यौनसम्बन्ध राखेर हत्याको प्रयासको आरोपमा प्रेमी पक्राउ

IMG-20240923-WA0258

सिलगढी: बिहेको नाममा युवतीसँग यौनसम्बन्ध राखेर हत्या गर्ने प्रयास गरेको आरोपमा भक्तिनगर पुलिस थानाले प्रेमीलाई पक्राउ गरेको छ। आरोपीको नाम सुब्रतो डे (३३) हो। उनी भक्तिनगर पुलिस थाना अन्तर्गत असिघर क्षेत्रका बासिन्दा हुन्।
राठखोला निवासी ३२ वर्षीया सम्बन्धविच्छेद भएकी महिलाको २०२० सालमा सामाजिक सञ्जालमार्फत आशिघर निवासी सुब्रतो डेसँग परिचय भएको जानकारी प्राप्त भएको छ। यो चिनजान बिस्तारै प्रेममा परिणत भयो। त्यसपछि सुब्रतो डेले महिलासँग विवाहको बहानामा पटकपटक शारीरिक सम्बन्ध राखेका थिए। करिब ४ वर्षसम्म यी दुईबीच सबै ठीकठाक थियो। तर सेप्टेम्बर महिनामा उक्त महिलाले सुब्रतो डेको विवाह भएको थाहा पाए। त्यसपछि महिलाले सुब्रतो डेको ठगीको बारेमा सोध्दा दुवैबीच विवाद भयो। सेप्टेम्बर ११ मा सुब्रतो डेले सरप्राइज पार्टीको नाममा नेपाली बस्तीस्थित गेस्ट हाउसमा बोलाएको महिलाले आरोप लगाएकी छन्। त्यहाँ पुगेपछि सुब्रतो डेसँग विवाद भयो । सोही क्रममा सुब्रतो डेले उनको टाउकोमा बियरको बोतल प्रहार गरेको आरोप छ। तर उनी त्यहाँबाट जोगिएर उपचार गराए। यति मात्र होइन, सुब्रोतोले महिलालाई घटना कसैलाई नभन्न धम्कीसमेत दिएका छन्।तर महिलाले भक्तिनगर पुलिस थानामा १९ सितम्बरमा आफूमाथि ठगी र प्राणघातक हमला गरेको भन्दै लिखित उजुरी दिएकी थिइन्। उजुरीका आधारमा पुलिस थाना भक्तिनगरले अनुसन्धानमा जुटेका अभियुक्त सुब्रतो डेलाई गएराति असिघर पाइपलाइन इलाकाबाट पक्राउ गरेको हो। आरोपीलाई आज सिलगढी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement