छत्तीसगढ: छत्तीसगढको राजनान्दगाउँ जिल्लामा सोमबार चट्याङ लागेर चार विद्यालयका बालबालिकासहित आठ जनाको मृत्यु भएको छ। यो घटना जोरातराई गाउँमा भएको थियो, जहाँ एक व्यक्ति जलेर गम्भीर घाइते भएका थिए र उनलाई अस्पताल भर्ना गरिएको थियो। दिउँसो करिब १:३० बजे घटना भएको पुलिस उपरीक्षक मोहित गर्गले बताए। खबर पाएलगत्तै पुलिस र प्रशासनका उच्च अधिकारी घटनास्थलमा पुगे। शवलाई पोष्टमार्टमका लागि पठाइएको र घटनाको विस्तृत विवरण आउन बाँकी छ। यस दुःखद घटनाप्रति पूर्व मुख्यमन्त्री भूपेश बघेलले ट्विट गर्दै दुःख व्यक्त गरेका छन्। उनले भने, ‘राजनान्द गाउँको जोरतराई गाउँमा चट्याङ लागेर ८ जनाको मृत्यु भएको खबर अत्यन्तै हृदयविदारक छ। भगवानले मृतकका परिवारलाई यो दु:ख सहने शक्ति प्रदान गरून्।‘ उनले पीडित परिवारलाई सम्भावित सबै सहयोग र उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन्। स्थानीय प्रशासनले स्थितिको अनुगमन गर्ने र पीडित परिवारलाई सहयोग पुर्याउन कदम चाल्ने बताएको छ।










