वर्तमान परिपेक्ष्यमा परम्परगत शिक्षा पर्याप्त नरहेको सांसद सुब्बाको मन्तव्य

n6321516621727115609810c574492097d61908d4841e9fd95395b01b4277454973f956bdce765b670470f7

गान्तोक: दक्षिण जिल्लाको क्यूजिङस्थित आईटीआईद्वारा विद्यार्थीहरूलाई लिएर स्टुडेन्ट्स इन्डक्सन कार्यक्रम आयोजना गऱ्यो। उक्त कार्यक्रममा लोकसभा सांसद इन्द्रहाङ सुब्बा मुख्य अतिथिकोरूपमा उपस्थि रहेका थिए।
कार्यक्रममा एनआईटी राभाङलाका निर्देशक प्रोफेसर महेश चारा गोबिल, एनएचपीसीका महाप्रबन्धक श्रवण कुमार मिश्रा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सुब्बाले युवाहरूको भविष्य निर्माणमा क्षमता विकासको महत्वपूर्ण भूमिकामाथि जोड दिए। उनले आधुनिक संसारको बदलिँदो मागलाई लिएर अब परम्परागत शिक्षा मात्रै पर्याप्त नभएको जानकारी गराए। पुस्तक र शैक्षिक अभ्यास महत्त्वपूर्ण भए पनि आजको द्रुत गतिको वातावरणमा फस्टाउनको लागि व्यावहारिक क्षमता पनि उत्तिकै महत्त्वपूर्ण छ, उनले भने।
उनेले दूरदर्शी स्किल इन्डिया कार्यक्रम र भारत सरकारले शुरु गरेको क्षमता-निर्माण पहलहरूबारे पनि प्रकाश पारे, जसले युवाहरूको मस्तिष्कसलाई विभिन्न क्षेत्रहरूमा उत्कृष्टता हासिल गर्न आवश्यक उपकरणहरू प्रदान गर्ने लक्ष्य राखेको अवगत गराए। आईटीआईद्वारा गरिएको कामको प्रशंसा गर्दै, सांसद सुब्बाले सीपमा आधारित शिक्षा प्रदान गर्न, विद्यार्थीहरूलाई शिक्षित मात्र नभई रोजगारी योग्य बनाउन उनीहरूको अमूल्य योगदानलाई स्वीकार गरे।
उनले आईटीआईहरूप्रति कृतज्ञता र प्रशंसा व्यक्त गर्दै भने, वर्तमान र भविष्यका चुनौतीहरू सामना गर्न तयार कार्यशक्तिलाई बढावा दिने आईटीआई जस्ता संस्थाहरूलाई सहयोग गर्न सरकार प्रतिबद्ध छ।

About Author

Advertisement