खुला आकाशमुनि सञ्चालित आईसीडीएस सेन्टर

Screenshot_20240923_162331_Samsung Internet

राजगञ्ज: डेढ वर्षअघि आएको हावाहुरीमा आईसीडीएस केन्द्रको घरमा क्षति पुगेको थियो। त्यसयताक क्षतिग्रस्त राजगञ्ज ब्लकको माझियाली ग्राम पञ्चायतअन्तर्गतको ठाकुरबारी आईसीडीएस केन्द्र अझै खुला आकाशमुनि सञ्चालन भइरहेको छ। यति मात्र होइन, शौचालय र भान्छाघर पनि जीर्ण अवस्थामा छन्। आईसीडीएस केन्द्रको अवस्था नाजुक भएको भन्दै गाउँलेहरुले असन्तुष्टि जनाएका छन्। यस केन्द्रमा ३८ जना बालबालिका रहेको गाउँका बासिन्दाको आरोप छ। तर, स्थायी कर्मचारी छैनन्। घरमा खाना पकाउने एउटै सहायकले केन्द्र सञ्चालन गरिरहेको छ। गत वर्ष पनि हावाहुरीमा आईसीडीएस केन्द्रको घरमा क्षति पुगेको थियो। बाहिरबाट हेर्दा यहाँ कुनै आइसीडिएस केन्द्र छ भन्ने पनि देखिँदैन।

बालबालिकाको आधारभूत शिक्षा बन्द छ। साथै आमा र बालबालिका पनि पोषणयुक्त खानाबाट वञ्चित छन्। यो घाममा पनि साना बालबालिका खुला आकाशमुनि बस्न बाध्य छन्। माथिल्लो निकायलाई पटकपटक जानकारी गराए पनि कुनै समाधान नभएको उनीहरुको आरोप छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement