गोरखा मिडियामा रविले १८ महिना बुझे १ करोडभन्दा बढी तलब

IMG-20240921-WA0005

भद्रपुर: गोर्खा मिडिया प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट डेढ वर्षको अवधि (१८ महिना)मा १ करोडभन्दा बढी तलब बुझेको भेटिएको छ। सहरकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदनले लामिछानेले दुई आर्थिक वर्षमा गरी कुल १ करोड ४ लाख ३६ हजार रुपैयाँ तलबका रुपमा बुझेको तथ्य खुलासा गरेको छ। आर्थिक वर्ष २०७७/७८मा लामिछानेको गोर्खा मिडियाबाट ३० लाख रुपैयाँ तलब बुझेका थिए। आर्थिक वर्ष २०२१/२०२२मा भने उनले ७४ लाख ३६ हजार ५८७ रुपैयाँ तलब लिएका थिए। उनले १५ जनबरी २०२० देखि १५ जुन २०२२सम्म गोर्खा मिडियामा आवद्ध थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement