इटहरीमा बढ्दो हात्ती आतंक

IMG-20240921-WA0003

भद्रपुर: जंगली हात्तीले इटहरी उपमहानगरपालिका–२ जंगल छेउका गाउँमा आतंक मच्चाएको छ।
हात्ती पुनः गाउँमा आएर घर भत्काएर उपद्रो गर्न थालेपछि गाउँलेहरु त्रासमा बस्न बाध्य भएका छन्। इटहरी–२ को माथिल्लो चारकोसे जंगल छेउछाउमा हात्तीले श्रृंखलावद्ध रुपमा घर भत्काउने र बालीनालीमा क्षति पुर्याउने क्रम बढ्दै गएको छ।
जंगली हात्तीको समूहले बुधबार राति मात्रै इटहरी–२ का देवराज घिमिरेको घर र राम खतिवडाको भन्सा घर भत्काइ दियो। सो ठाउँका नरबहादुर सुनुवारको पनि हात्तीले केही दिनअघि घर भत्कायो भने अरु ३ परिवारको पनि घर भत्काएको थियो।त्यस क्षेत्रमा कहिले ५ र ७ वटा र कहिले २५ वटासम्मको हात्तीको बथान बस्ती पसेर आतंक मच्चाउँदा ज्यान जोगाउन मुस्किल हुने गरे छ।
गत दिसंबारको पहिलो साता सो ठाउँमा हात्तीको समूहले आक्रमण गर्दा २५ वर्षीय रविन खड्काको मृत्यु भएको थियो।हात्ती धपाउन र जंगल क्षेत्र गस्ती गर्नका लागि स्थानीय बासीसँगै प्रहरी खटिने गरेको ताल तलैया प्रहरी चौकीका असई प्रल्लाद बोगटीले बताए।

About Author

Advertisement