गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका पूर्व प्रवक्ता योगेन तामाङकी माता मीना तामाङको आज दिउँसो असामयिक निधन भएकोमा पार्टी अध्यक्ष प्रेमसिंह तामाङले गहिरो दुःख व्यक्त गरेका छन्।
जोरथाङस्थित डाँड़ागाउँ निवासी 66 वर्षीय मीना तामाङ सामान्य रूपमा अस्वस्थ रहेका कारण गत केही दिनदेखि उपचाराधीन अवस्थामा रहेकी थिइन्। तर आज दिउँसो सिलगढीस्थित न्यूटिया अस्पतालमा उनले अन्तिम श्वास लिइन्। उनले आफूपछि पति डीआर तामाङ र दुई छोरालाई छोड़ी गएकी छन्।
मीना तामाङको निधनमा एसकेएमले गहिरो शोक प्रकट गरेको छ। पार्टीले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ। यस दुःखद्को घडीमा शोकित परिवारका सदस्यहरूमा पीड़ा सहन गर्न सक्ने शक्ति ईश्वरबाट प्राप्त होस् भनी एसकेएम पार्टीले हार्दिक समवेदना व्यक्त गरेको छ।










