रिपोर्टर्स क्लब अफ् मिरिकको आयोजनामा मिरिक गाैरव सम्मान कार्यक्रम सम्पन्न

IMG-20240919-WA0332

मिरिक: रिपोर्टर्स क्लब अफ मिरिकले आज मिरिक भूतपूर्व सैनिक संगठन भवनमा मिरिक गाैरव सम्मान कार्यक्रमकाे आयाेजना गर्याे।क्लबका अध्यक्ष मुस्कान राई खेसाङकाे अध्यक्षता अनि महासचिव प्रवेस हाङखिमकाे सञ्चालनमा भएकाे कार्यक्रमका मुख्य अतिथिको रुपमा साहित्यकार अमर दुङमाली अनि अतिथिहरू साहित्यकार राजबहादुर राई, शिला लामा आदि उपस्थित थिए। कार्यक्रमकाे पहिलाे चरणमा मिरिकमा सामाजिक कार्य गरिरहेका अनि समाजलाई याेगदान दिइरहेका विशेष व्यक्तिहरू अनि सामाजिक संस्थाहरू आय लभ मिरिक, लेट्स गाे फाउण्डेस, मेक अप मरमा, गाेर्खे हाट सञ्चालन समिति, साहित्य सुनाैं परिवार, सामाजिक कार्यकर्ताहरू सचेन राई, सन्ते दा, कैलास राई, दर्शन गुरूङ, कुमार प्रधान, निर्मल सिङ्गर आदिलाई सम्मान पत्र प्रदान गरेर सम्मानित गरियाे।

कार्यक्रमकाे दाेस्राे चरणमा मिरिक गाैरव सम्मान समाजिक, साहित्यिक व्यक्तित्वहरूलाई प्रदान गरियाे। मिरिक गाैरव सम्मानले माधव बुडाथाेकी, हेमकुमार तामाङ, विजय बान्तवा कैलासी, भवानी भूजेल, कृष्ण तामाङ अनि सुकबहादुर गजमेर रहेका छन्।

About Author

Advertisement