गान्धी जयन्तीका लागि तयारी सभा

IMG-20240919-WA0359

गान्तोक: आगामी २ अक्टोबरको दिन पालन गरिने राज्यस्तरीय गान्धी जयन्ती पालनलाई लिएर आज टाशीलिङ सचिवालयमा एक तयारी सभा सम्पन्न भयो। यस सभाको अध्यक्षता राज्यका मुख्य सचिव भीबी पाठकले गरेका थिए भने उक्त अवसरमा अतिरिक्त मुख्य सचिव आर तेलाङ, पुलिस महानिर्देशक एके सिंह लगायत लाइन विभागका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। सभामा विशेष गरेर गान्धी जयन्ती पालनलाई लिएर लजिकल प्रबन्धनको निम्ति गहिरोरूपमा छलफल गरियो। यस अवसरमा कार्यक्रम स्थल, कार्यक्रमको रूपरेखा लगायत अन्यबारेमा विस्तृतरूपमा जानकारी गराइयो। मुख्य सचिव पाठकले उक्त कार्यक्रमलाई सफल तुल्याउनको निम्ति विशेष गरेर विभागहरूमाझ तालमेल हुनुपर्ने सुझाउ दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement