मंगन: मंगन स्पोर्ट्स् क्लबले खेलकूद तथा युवा मामिला विभागको सहकार्यमा आयोजन गरेको मंगन जिल्ला अन्तर विभागीय फुटसल प्रतियोगिता आजदेखि शुरु भयो। प्रतियोगिता जिल्ला प्रशासनिक केन्द्र परिसरमा भएको हो। कार्यक्रमको उद्घाटन जिल्ला पञ्चायत अध्यक्ष कादो लेप्चाले गरेका थिए। यसअवसरमा जिल्लापाल अनन्त जैन, जिल्ला प्रशासनिक अधिकारीहरु, विभिन्न विभागा अधिकारीहरु, जिल्ला पञ्चायत र खेलकूद तथा युवा मामिला विभागीय अधिकारीहरु उपस्तथित थिए। आजको उद्घाटन खेलहरु सिक्किम पुलिस बनाम वन विभागस र ऊर्जा विभाग बनाम सहकारी विभागबीच भयो। प्रतियोगितामा जम्मा २५ टोलीको सहभागिता रहेको छ। प्रतियोगिता आगामी ३० सेप्टेम्बरसम्म चल्नेछ। प्रतियोगिताले खेलकुद र स्वस्थ जीवनशैलीबारे सन्देश दिने कार्य गरेको छ।










