‘अनलाइन ल्याण्ड स्टेबिलिटी रिपोर्टिङ सिस्टमक’काे लोकार्पण

IMG-20240920-WA0000

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले खानी एवं भूविज्ञान विभाग अन्तर्गत ‘अनलाइन ल्याण्ड स्टेबिलिटी रिपोर्टिङ सिस्टम’ आधिकारिक रूपमा लोकार्पण गरेका छन्।
मुख्यमन्त्रीले आज मिन्तोकगाङमा यस पोर्टलको लोकार्पण गरेको सोशल साइट फेसबुकमा जानकारी गराएका छन्।
मुख्यमन्त्रीले भनेका छन्, सरकारको ‘दैलोमा शासन’ नीति अनुरूप खानी एवं भूविज्ञान विभागले सूचना एवं प्रौद्योगिकी विभागको संयुक्त तत्वावधानमा जनताको सुविधाको निम्ति यो अनलाइन पोर्टल विकास गरेको छ। अब नागरिकहरूले घरबाटै सहजरूपमा आफ्नो भूमि स्थिरता रिपोर्ट प्राप्त गर्न सक्नेछन्।
मुख्यमन्त्रीले (sso.sikkim.gov.in) र (https://sso.sikkim.gov.in) मा ‘Go Sikkim’ पोर्टलको माध्यमद्वारा यस सुविधाको लाभ उठाउन सकिने बताएका छन्।

About Author

Advertisement