क्याबिनेटद्वारा प्रधानमन्त्री जनजातीय उन्नत ग्राम अभियान अनुमोदित

00-1-PM-Modi-copy-2

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रीय मन्त्रीमण्डलले जनजाति बाहुल गाउँहरूका साथै आकाङ्क्षी जिल्लाका जनजाति परिवारहरू समेट्दै परिपूर्णता हासिल गरी जनजाति समुदायको आर्थिक-सामाजिक सुधारका लागि ₹७९,१५६ करोड (केन्द्रिय अंश: ₹५६,३३३ करोड र राज्य अंश : ₹२२,८२३ करोड) कूल परिव्ययका साथ प्रधानमन्त्री जनजातीय उन्नत ग्राम अभियान अनुमोदन गरेको छ।  यसले बजेट भाषण २०२४-२५ मा घोषणा गरिए अनुरूप ६३,००० गाउँका ५ करोडभन्दा धेरै जनजाति जनमानस लाभान्वित हुनेछन्। यसले ३० वटा राज्य अनि केन्द्र शासित प्रदेशको ५४९ जिल्ला, २,७४० खण्ड गरी सबै जनजाति बाहुल गाउँहरू समेट्नेछ।

भारतमा २०११ को जनगणना अनुसार अनुसूचित जनजातिको जनसङ्ख्या १०.४५ करोड छ भने देशभरी ७०५ भन्दा धेरै जनजाति समुदाय सुदूर अनि दुर्गम स्थानहरूमा बसोबासो गर्दछन्। प्रधानमन्त्री जनजातीय उन्नत ग्राम अभियानले सामाजिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, आजीविकामा भारत सरकारको विभिन्न योजना सम्मिलित गरी सम्पर्क बढाउँदै पीएमजनमानको (प्रधानमन्त्री जनजाति आदिवासी न्याय महाअभियान) सफलताबाट पाठ सिक्दै जनजाति क्षेत्र अनि समुदायको सर्वव्यापी अनि वहनीय विकास सुनिश्चित गर्न महत्त्वपूर्ण अन्तरमा परिपूर्णता हासिल गर्ने लक्ष्य राख्दछ। अभियानमा २५ हस्तक्षेप सामेल छन्, जसलाई १७ वटा सम्बद्ध मन्त्रालयले कार्यान्वयन गर्नेछ। प्रत्येक मन्त्रालय/ विभाग सम्बन्धित योजना समयबद्ध तरिकाले जनजातिको विकासका लागि कार्ययोजना अन्तर्गत आबन्टित धनराशिको माध्यमद्वारा आगामी पाँच वर्षभित्र तल उल्लेखित लक्ष्य हासिल गर्न दायी हुनेछन्।

लक्ष्य १ : समर्थनकारी पूर्वाधारको विकास:

(१) अन्य हकदारीका साथ पात्र परिवारलाई पक्का घर: पात्र अनुसूचित जनजाति परिवारलाई कलको माध्यमद्वारा पानी (जलजीवन मिशन) अनि विद्युत आपूर्ति (आरडीएसएस) सहित पीएमएवाई (ग्रामीण) अन्तर्गत पक्का घर प्रदान गर्नुपर्नेछ। पात्र जनजाति परिवारलाई आयुष्मान भारत कार्ड (पीएमजेएवाई) पनि उपलब्ध गराउनुपर्नेछ।

(२) गाउँले पूर्वाधारमा सुधार: जनजाति बाहुल गाउँहरूमा बाह्रमासे सडक सुनिश्चित गर्नुपर्नेछ, मोबाइल कनेक्टिभिटी (भारत नेट) सहित इन्टरनेटका साथमा स्वास्थ्य, पोषण र शिक्षामा (एनएचएम, समग्र शिक्षा र पोषण) सुधार ल्याउन पूर्वाधार उपलब्ध गराउनु पर्नेछ।

लक्ष्य-२: आर्थिक सशक्तिकरणलाई प्रोत्साहन

(३) कौशल विकास, उद्यमिता प्रोत्साहन तथा उन्नत आजीविका (स्वरोजगार): प्रशिक्षण सुगम बनाउनका (कौशल भारत अभियान/ जेएसएस) साथै अनुसूचित जनजातिका ठिटा/ ठिटीलाई दशौँ/बाह्रौं श्रेणीपछि प्रत्येक वर्ष दीर्घकालीन कौशल पाठ्यक्रमसम्म सुगम्यता सुनिश्चित गर्नुपर्नेछ। यसका साथै, जनजाति बहुउद्देश्यीय विपणन केन्द्र (टीएमएमसी) मार्फत् विपणन सहयोगका साथै, पर्यटक गृहवास एवं एफआरए पट्टाधारीलाई कृषि, पशुपालन एवं मत्स्यपालन सहयोग प्रदान गर्नुपर्नेछ।

लक्ष्य-३: असल शिक्षासम्म पहुँचको सर्वव्यापीकरण:

(४) शिक्षा: स्कूल अनि उच्च शिक्षामा जीईआरलाई राष्ट्रिय स्तरसम्म बढाउनका साथै जिल्ला/खण्ड स्तरमा जनजाति छात्रावास स्थापित गरी गुणस्तरीय शिक्षालाई अनुसूचित जनजातिका विद्यार्थीको निम्ति सुपथ अनि सुगम बनाउनु (समग्र शिक्षा अभियान)।

लक्ष्य-४: स्वस्थ जीवन तथा मर्यादित वृद्धावस्था

(५) स्वास्थ्य: अनुसूचित जनजाति परिवारलाई गुणस्तरीय स्वास्थ्य सुविधासम्म उन्नत पहुँच सुनिश्चित गर्नु, आइएमआर, एमएमआरमा राष्ट्रिय मानकसम्म पुऱ्याउनु र समतल इलाकामा १० किमि र पाहाडी इलाकामा ५ किमि. भन्दा टाढा उपकेन्द्र भएका इलाकामा मोबाइल मेडिकल युनिटद्वारा टीकाकरण (राष्ट्रिय स्वास्थ्य अभियान)।  अभियान अन्तर्गत समेटिएका जनजाति गाउँहरूलाई सम्बन्धित विभागद्वारा विशेष आवश्यकताका योजनाहरूको निम्ति चिन्हित गरिएका अन्तरसहित पीएम गतिशक्ति पोर्टलमा मानचित्रित गरिनेछ। भौतिक अनि वित्तीय प्रगतिलाई पीएम गतिशक्ति मञ्चमार्फत् निगरानी गरी श्रेष्ठ प्रदर्शनकारी जिल्लालाई पुरस्कृत गरिनेछ।

 क्र.स मन्त्रालय हस्तक्षेप/ योजना लाभार्थी/ हस्तक्षेपको आँकडा 

१ ग्रामीण विकास मन्त्रालय (एमओआरडी) पक्का घर (पीएमएवाई) ग्रामीण २० लाख आवास  सम्पर्क सडक (पीएमजीएसवाई) २५००० किमि. सडक 

२ जलशक्ति मन्त्रालय जल आपूर्ति (जलजीवन मिशन (जेजेएम) (i).  सबै पात्र गाउँ

(ii). ५,००० बस्ती ≤ २० परिवार 

३ विद्युत मन्त्रालय आवास विद्युतिकरण [संशोधित वितरण क्षेत्र योजना (आरडीएसएस)] विद्युतिकरण नभएका प्रत्येक परिवार र नजोडिएका सार्वजनिक संस्थान

(~ २.३५ लाख) 

४ नयाँ तथा नविकरणीय ऊर्जा मन्त्रालय अफ ग्रिड सौर। नयाँ सौर विद्युत योजना (i). विद्युतिकरण नभएका प्रत्येक परिवार तथा ग्रिडमार्फत् नसमेटिएका सार्वजनिक संस्थान 

५ स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय मोबाइल मेडिकल युनिट– राष्ट्रिय स्वास्थ्य अभियान १००० एमएमयुसम्म 

आयुष्मान कार्ड – प्रधानमन्त्री जन आरोग्य योजना (पीएमजेएवाई) – एनएचए अभियान अन्तर्गत समेटिएका प्रत्येक पात्र परिवार 

६ पेट्रोलियम एवं प्राकृकतिक ग्यास मन्त्रालय एलपीजी कनेक्सन (पीएम उज्ज्वला योजना) २५ लाख परिवार

(मूल योजना अन्तर्गत अनुमोदित लक्ष्य तथा योजनाको निरन्तरताको अधीनमा) 

७ महिला तथा शिशु विकास मन्त्रालय आँगनबाडी केन्द्रको स्थापना – पोषण अभियन ८००० (२००० नयाँ सक्षम आँगनबाडी केन्द्र) र ६००० सक्षम आँगनबाडी केन्द्रमा स्तरोन्नति 

८ शिक्षा मन्त्रालय छात्रावासको निर्माण– समग्र शिक्षा अभियान (एसएसए) १००० छात्रावास 

९ आयुष मन्त्रालय पोषण वाटिका– राष्ट्रिय आयुष अभियान ७०० पोषण वाटिका 

१० दुरसञ्चार मन्त्रालय सर्वव्यापी सेवा दायित्त्व निधि / भारतनेट (डीओटी-एमओसी) ५००० गाउँ 

११

कौशल विकास एवं उद्यमिता मन्त्रालय कौशल भारत अभियान (विद्यमान योजना)/ प्रस्ताव जनजाति जिल्लामा कौशल विकास केन्द्र 

१००० भीडीभीके, जनजाति समूह आदि 

१२ ईलेक्ट्रनिक्स एवं सूचना प्रविधि मन्त्रालय डिजिटल पहल लागू भए अनुरूप 

१३ कृषि तथा कृषक कल्याण मन्त्रालय वहनीय खेतीलाई प्रोत्साहन -कृषि तथा कृषक कल्याण विभागको बहुयोजना एफआरए पट्टाधारी

(~२ लाख लाभार्थी) 

१४

मत्स्य पालन मन्त्रालय मत्स्य पालन सहयोग– प्रधानमन्त्री मत्स्य सम्पदा योजना (पीएमएमएसवाई) १०,००० समुदाय र १,००,०००  व्यक्तिगत लाभार्थी 

पशुपालन एवं डेयरी विभाग पशुपालन – राष्ट्रिय पशुधन अभियान ८५०० व्यक्तिगत/ समूहगत लाभार्थी 

१५ पञ्चायतीराज मन्त्रालय क्षमता निर्माण – राष्ट्रिय ग्राम स्वराज अभियान (आरजीएसए) ग्राम सभा र महकुमा, जिल्ला र राज्य स्तरमा एफआरएसित सम्बन्धित सबै सम्बन्धित अधिकारी 

१६ पर्यटन मन्त्रालय जनजाति गृहबास – स्वदेश दर्शन ₹५ लाख प्रति एकाइको (नयाँ निर्माणका लागि) निम्ति, ₹३ लाख (मरम्मति) र गाउँको सामुदायिक आवश्यकताका लागि ₹५ लाखको सहयोगका साथ १००० जनजाति गृहबास 

१७ जनजाति मामिला मन्त्रालय प्रधानमन्त्री आदि आदर्श ग्राम योजना (पीएमएएजीवाई) अन्य हस्तक्षेप सामेल गर्दै जनजाति विकास/ पीएमएएजीवाईमा एससीएको कार्यक्षेत्रमा विस्तार।

#१०० जनजाति बहुउद्देश्यीय विपणन कन्द्र, आश्रम स्कूल, छात्रावास, सरकारी/ राज्य जनजाति आवासीय स्कूलको पूर्वाधारमा सुधार, सिकल सेल रोगका (एससीडी) लागि सेन्टर फर कम्पिटेन्सिज तथा परामर्श सहयोग, एफआरए र सीएफआर प्रबन्धन हस्तक्षेपका लागि सहयोग, एफआरए प्रकोष्ठको स्थापना, तथा श्रेष्ठ प्रदर्शनकारी जनजाति जिल्लाका लागि सहुलियतसहित परियोजना प्रबन्धन निधि।

जनजाति क्षेत्रको विशिष्ट आवश्यकता अनि अपेक्षाका आधारमा तथा राज्य अनि अन्य हितधारकका साथ विचार-विमर्शपछि, अभियानले जनजाति अनि वनवासी समुदायबीच आजीविकालाई बढावा दिन र आमदानी अर्जित गर्नका लागि केही नयाँ योजना बनाएको छ।

जनजाति गृह प्रवास: जनजाति क्षेत्रको पर्यटन क्षमता दोहन गर्न र जनजाति समुदायलाई वैकल्पिक आजीविका प्रदान गर्नका लागि पर्यटन मन्त्रालयको माध्यमद्वारा स्वदेश दर्शन अन्तर्गत १००० गृह प्रवासलाई बढावा दिइनेछ। जुन गाउँमा पर्यटनको सम्भावना छ, त्यहाँ जनजाति परिवार तथा गाउँलाई एउटा गाउँमा ५-१० गृह प्रवास निर्माणको निम्ति वित्तपोषण प्रदान गरिनेछ। प्रत्येक परिवारलाई दुई नयाँ कमरा निर्माणको निम्ति ५ लाख रुपियाँ तथा विद्यमान कमराको पुनर्निर्माणका लागि ३ लाख रुपियाँ र ग्राम समुदाय आवश्यकता लागि ५ लाख रुपियाँको पात्रता रहनेछ।

स्थायी आजीविका वन अधिकार धारक (एफआरए) : यस अभियानको विशेष ध्यान वन क्षेत्रमा बसोबासो गर्ने २२ लाख एफआरए पट्टाधारकमाथि छ तथा जनजाति कार्य मन्त्रालयले, कृषि एवं किसान कल्याण मन्त्रालय, पशुपालन विभआग, मत्स्य पालन विभाग र पञ्चायतीराज मन्त्रालयसँग मिलेर उनीहरूलाई विभिन्न योजनाको लाभ प्रदान गरिनेछ। यसको उद्देश्य वन अधिकारको मान्यता प्रदान गर्नका साथै सुरक्षित गर्ने प्रक्रियामा तेजी ल्याउनु, जनजाति समुदायलाई सशक्त बनाउनु ताकि वनको रखरखाउ र संरक्षणका लागि सक्षम बनाउन सकियोस् तथा सरकारी योजनाको समर्थनको माध्यमद्वारा स्थायी आजीविका प्रदान गर्नसकियोस्। अभियानले थाँतीमा रहेकी एफआरए दाबीमा तेजी ल्याउनका साथै जनजाति कार्य मन्त्रालय अनि पञ्चायतीराज मन्त्रालयद्वारा खण्ड, जिल्ला अनि राज्य स्तरमा सबै हितधारक अनि अधिकारीलाई प्रशिक्षण सुनिश्चित गर्नेछ।

सरकारी आवासीय विद्यालय अनि छात्रावासको बुनियादी पूर्वाधारमा सुधार : जनजाति आवासीय विद्यालय अनि छात्रावासले सुदूरवर्ती जनजाति क्षेत्रलाई लक्षित गर्दछ र स्थानीय शैक्षिक संसाधन विकसित गर्न र नामाङ्कनसहित विद्यार्थीको सङ्ख्या कायम राख्ने प्रवृत्तिलाई बढावा दिने लक्ष्य राख्दछ। अभियानको उद्देश्य पीएम-श्री स्कूलहरू जस्तै उन्नयनका लागि आश्रम स्कूल/ छात्रावास/ जनजाति स्कूल/ सरकारी आवासीय विद्यालयको बुनियादी पूर्वाधारमा सुधार ल्याउनु हो।

सिकल सेल रोगको निदानका लागि उन्नत सुविधा: प्रसवपूर्व निदानमाथि विशेष जोड दिनका साथै सस्तो अनि सुलभ नैदानिक एवं एससीडी प्रबन्धन सुविधा प्रदान गर्न र भविष्यमा यस रोगको व्यापकता घटाउनका लागि एम्स र ती राज्यका प्रमुख संस्थानमा सक्षमता केन्द्र (सीओसी) स्थापित गरिनेछ, जहाँ सिकल सेल रोग बढी हुने गर्दछ र यस्तो प्रक्रियाको विशेषज्ञता उपलब्ध छ। सक्षमता केन्द्र (सीओसी) स्वास्थ्य मन्त्रालयद्वारा जारी दिशानिर्देश अनुसार प्रसवपूर्व निदानका लागि सुविधा, प्रौद्योगिकी, कर्मी अनि अनुसन्धान क्षमताले युक्त हुनेछ र यसमा ₹६ करोड/ सीओसीको लागतमा प्रसवपूर्व निदानका लागि नवीनतम सुविधा, प्रविधि, कर्मी र अनुसन्धान क्षमता उपलब्ध हुनेछ।

जनजाति बहुउद्देश्यीय विपणन केन्द्र: जनजाति उत्पादको प्रभावी विपणन र विपणन बुनियादी पूर्वाधार, जागरूकता, ब्राण्डिङ, प्याकेजिङ एवं परिवहन सुविधामा सुधारका लागि १०० टीएमएमसी स्थापित गरिनेछ, ताकि जनजाति वर्गका उत्पादकलाई आफ्नो उत्पादको उचित मूल्य प्राप्त हुनसकोस् र उपभोक्तालाई पनि जनजातिबाट सीधै उचित मूल्यमा उत्पाद खरिद गर्ने सुविधा होस्। यसका अतिरिक्त, टीएमएमसीलाई एकत्रिकरण अनि मूल्य अभिवृद्धि मञ्चका रूपमा डिजाइन गर्नुले उत्पादको उब्जनीपछि नोक्सानी घटाउन र उत्पाद मूल्य कायम राख्न सघाउ पुग्नेछ। यो अभियान प्रधानमन्त्री जनजाति आदिवासी न्याय महाअभियानको (पीएम-जनमन) योजना र सफलताको आधारमा बनाइएको हो, जसलाई प्रधानमन्त्रीले १५ नोभेम्बर, २०२३ को दिन जनजातीय गौरव दिवसको अवसरमा पीभीटीजी जनसङ्ख्यामाथि ध्यान केन्द्रित गर्दै ₹२४,१०४ करोडको बजेटका साथ शुरु गरेका थिए। प्रधानमन्त्री जनजाति उन्नत ग्राम सहकारी सङ्घवादको अनौठो उदाहरण हो, जहाँ सरकारले पूर्णरूपमा जनकल्याणलाई मिलाएर काम गर्दछ र यस प्रयासमा समन्वय र पहुँचलाई प्राथमिकता दिइन्छ। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement