चियाबारी श्रमिकहरूले बीस प्रतिशत बोनस पाउनु पर्ने मागमा रोहिणी चियाबारीमा गेट मिटिङ

IMG-20240919-WA0342

खरसाङ: खरसाङ खण्ड अन्तर्गत रोहिणी चिया बगानको पाईलाधुरा डिभिजनमा चिया श्रमिकहरुले आज चियाबारी श्रमिकहरूले बीस प्रतिशत बोनस पाउनुपर्छ भन्ने मांगमा गेट मिटिङ गरेको छ। गेट मिटिङ गर्नुको कारण नेपाली गोर्खा जातिको महान चाड बडा दशैं नजिकै आइरहेको छ र श्रमिकहरुले पाउँनु पर्ने आफ्नो अधिकार पुजा बोनस मालिक पक्षले ८.३३ प्रतिशतको दरले मात्र दिन्छु भनेको कारण दार्जीलिङको समस्त चिया बगानमा नै श्रमिकहरु गेट मिटिङ गरिरहेका छन्। यसैलाई निरन्तरता दिँदै रोहिणी चिया बगानमा पनि श्रमिकहरुले ८.३३ प्रतिशतको दरले बोनस कुनै हालतमा पनि थाप्ने छैनौ हामीलाई बीस प्रतिशत नै दिनु पर्छ भनेर माग गरे औ नदिएको खण्डमा भोलिको दिनमा सम्पूर्ण चिया श्रमिकहरुले बृहत रुपमा आन्दोलन गर्ने छ भनि मालिक पक्षलाई चेतावनी दिए। यसमा समस्त ट्रेड युनियन शाखाका प्रतिनिधि लगायत चिया श्रमिकहरु यस गेट मिटिङमा उपस्थित थिए भनी स्थानीय सुन्दर राईले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement