विश्वकर्म पूजाको भोलिपल्ट सांगीतिक र नृत्य प्रतियोगिता सम्पन्न

photocollage_202491919232479

तीनधारे: तीनधारे महानदी समष्टिको दुई नम्बर बस्तीमा विश्वकर्म पूजाको भोलिपल्ट हिजो राती सांगीतिक साथै नृत्य प्रतियोगिता सम्पन्न भएको छ। फूलबारी पञ्च किल्ला ठेकेदार संगठनको आयोजनामा विश्वकर्म पूजाको भोलिपल्ट नानीहरूलाई लिएर नृत्य प्रतियोगिता अनि स्थानीय वरिष्ठ र चर्चित कलाकारहरूलाई लिएर सांगीतिक कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा चर्चित गायकहरू महेश सेवा, कर्म मोक्तान, राकेश लामा, डोल्मा आदिले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए। यसको साथै स्थानीय नानीहरूलाई लिएर नृत्य प्रतियोगिता आयोजना गरिएको छ। कार्यक्रमलाई रञ्जित थापाले सञ्चालन गरेका थिए। यस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै फूलबारी पञ्चकिल्ला ठेकेदार संगठनको सचिव सुरज थापाले कार्यक्रममा सहयोगी सबैलाई धन्यवाद दिएका छन्। उनले कार्यक्रममा सहयोगी सबैप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement