मिडिया कार्यशाला: नयाँ आपराधिक कानूनमाथि वार्ता

00-1-Media-Workshop-copy

गान्तोक: पत्र सूचना कार्यालय, गान्तोकले तीन नयाँ आपराधिक कानून: भारतीय न्याय संहिता, भारतीय नागरिक सुरक्षा संहिता र भारतीय साक्ष्य अधिनियममाथि केन्द्रित मिडिया कार्यशाला- वार्ता आयोजन गरिरहेको छ। यो कार्यक्रम भोलि होटल तिब्बत, गान्तोकमा आयोजन गरिनेछ। कार्यशालाको अध्यक्षता अक्षय सचदेवा, आईपीएस, विशेष डीजीपी (कानून तथा व्यवस्था) मुख्य अतिथिका रूपमा हुनेछन्, जसले मुख्य वक्तव्य प्रस्तुत गर्नेछन्। उनको साथमा सिक्किम केन्द्रीय विश्वविद्यालयको कानून विभागका प्रमुख प्रवीण मिश्रा पनि विशिष्ट अतिथिको रूपमा उपस्थित हुनेछन्। प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम रावत विशेष अतिथि रहनेछन्। यस कार्यशालाको उद्देश्य मिडिया समुदायलाई यी महत्त्वपूर्ण विधायी परिवर्तनहरूको निहितार्थबारे सार्थक चर्चामा सामेल गराउनु रहेको छ। सहभागी मानिसहरूले विशेषज्ञहरूबाट जानकारी प्राप्त गर्ने तथा समाजमा यी कानूनहरूको प्रभावको बारेमा संवादमा भाग लिने अवसर पाउनेछन्। -पीआईबी        

About Author

Advertisement