खरसाङ: जीटीएको बागवानी विभागको तर्फबाट भोलिदेखि सुन्तला र काउलोको बिरुवाहरू वितरण गरिने भएको छ। यस विषयमा खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै जीटीएको बागवानी विभागको एमओडी सभासद प्रणाम रसाइलीले जानकारी गराउँदै बागवानी विभागको तर्फबाट भोलिदेखि खरसाङ खण्ड, रङ्ली लङ्लीयट खण्ड र मिरिक खण्डमा जम्मा ५६० जनालाई सुन्तला र काउलोको बिरुवाहरू वितरण गरिने भएको जानकारी गराएका छन्। उनले यसको साथै तीनवटै खण्डहरूमा रहेको विद्यालयहरूमा पनि सुन्तला र काउलोको बिरुवाहरू वितरण गरिने भएको छ। उनले बताए अनुसार खरसाङ खण्डमा १०४ सुन्तलाको बिरुवा र २०२ काउलोको बिरूवा, मिरिक खण्डमा ९१ सुन्तलाको बिरुवा प ७४ काउलोको बिरुवा अनि रङ्ली लङ्लीयट खण्डमा ११६ सुन्तला र ३२, काउलोको बिरुवाहरू वितरण गरिने भएको छ। यसको साथै खरसाङ खण्डमा पर्ने ३७, मिरिकको १५ र रङ्ली लङ्लीयट खण्डमा पर्ने १५ वटा विद्यालयहरूमा पनि सुन्तला र काउलोको बिरुवाहरू वितरण गरिने भएको छ। यसको साथै खरसाङ खण्ड क्षेत्रमा २०२ वटा पोलि हाउसहरू पनि वितरण गरिने भएको छ।









