निर्वाचित सभासद कल्पना प्रधान र मनोनित सभासद प्रमाण रसाईलीले सम्बर्ध्दना

IMG_20220822_180444.jpg

खरसाङ: खरसाङको पंखाबारी लङ्भ्यु अम्बटे समष्टिको कार्यकारी सभासद कल्पना प्रधान एंव मनोनीत सभासद प्रणाम रसाइलीलाई लंङ्भ्यु केराबारी सार्वजनिक भवनमा सम्बर्द्धना जनाइएको छ। भीम थापाको सभापतित्वमा सम्पन्न सभालाई प्रवेस लामगादेले संचालन गरेका थिए। सम्बर्द्धना कार्यक्रमको शुरूवातमा लंङ्भ्यु परिवर्तन मुभमेन्टका नानीहरूद्वारा स्वागत गीत प्रस्तुत गरियो। सभालाई कार्यकारी सभासद कल्पना प्रधान, मनोनीत सभासद प्रणाम रसाईली,समष्टि प्रमुख सल्लाहकार याङडुप लामा,सेमिका लामा आदिले सम्बोधन गरेका थिए।
सम्बोधनको क्रममा मनोनीत सभासद प्रणाम रसाईलीले भेलाकूप क्षेत्रको मूल समस्या बाटो र सार्वजनिक भवन रहेको र जीटीएमार्फत् नै उक्त समस्याको समाधन हुने पनि जनाए। सम्बोधनको क्रममा समष्टि सभासद कल्पना प्रधानले आफूलाई सम्बर्द्धना साथै चुनावमा विपुल मतले बिजय गराएको बुथ नम्बर २२५(भेलाकूप, गोदामधुरा, मुन्सीधुरा) का जनता साथै प्रतिनिधिहरूलाई धन्यवाद दिइने। उनको पहिलो प्राथमिकता नै क्षेत्रको विकास रहेको र यसको निम्ति सबैले धैर्यको साथ कार्य गर्न पर्ने बताइन्। उनले भेलाकूप क्षेत्रमा भएको हाई टेन्सन बिजुलीको लाइनको एउटा पोल सारिएको अन्य हाई टेन्सन पोलहरूको समस्या समाधान गर्न विभागीय पहल भइरहेको जनाइन्। लंङ्भ्यु चियाबारीको वर्तमान स्थितिलाई लिएर आफु चिन्तित रहेको साथै बगानको समस्यालाई समाधान गर्न लगातार मालिक पक्षसंचँग सम्पर्कमा रहेको पनि जनाइन्।
आजको सम्पन्न सम्बर्द्धना कार्यक्रममा कार्यकारी सभासद कल्पना प्रधान, मनोनीत सभासद प्रणाम रसाईली, खरसाङ महुकमा समिति प्रवक्ता अनुप रामुदामु, सांगठनिक सचिव संजोक रोका, महकुमा समिति सदस्य सुरज लामा, समष्टि सभापति मनिराज डुम्जन, सचिव ललित प्रधान, समष्टि प्रमुख सल्लाहकार याङडुप लामाको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement