जंगपाना चियाबारीमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

IMG-20220822-WA0138.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत महानदीदेखि केही पर रहेको जंगपाना चियाबारीमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। जंगपाना चियाबारीको तीनवटा संस्थाहरू प्रगति संघ, जागृति परिवार र अादर्श परिवारको संयुक्त आयोजनामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पार्टीको तत्वावधानमा उक्त नि:शुल्क आँखा जाँच शिविर माथिल्लो जंगपानामा सम्पन्न भएको छ। उक्त शिविरमा कालेबुङका गैर सरकारी संस्था भारत फाउण्डेशनको पदाधिकारीहरू उपस्थित रहेका थिए। भारत फाउण्डेशनको तर्फबाट सभापति एंव सचिव साहिल राई उपस्थित रहेका थिए।

त्यसरी नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको जंगपाना बुथको सभापति हेमकुमार देवान, भागोप्रमोको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, जंगपाना चियाबारी युनिटको सचिव सन्तोष गुरुङ उपस्थित रहेका थिए। यस शिविरमा जम्मा २५ जनाले आफ्नो आँखाको जाँच गराएका थिए। शिविरमा कम मूल्यमा चश्मा पनि उपलब्ध गराइएको थियो भने दबाईहरू नि:शुल्क वितरण गरिएको सागर गुरुङले जानकारी गराएका छन्।

About Author

Advertisement