एनएक्सटी मोबिलिटी एनर्जीद्वारा काेलकत्ता बजारमा तीनवटा इलेक्ट्रिक स्कूटर लञ्च

IMG-20240916-WA0319

काेलकत्ता: एनएक्सटी मोबिलिटी एनर्जी प्राइवेट लिमिटेडद्वारा दक्षिण काेलकत्ताको एउटा होटलमा इलेक्ट्रिक स्कूटरको नयाँ रेञ्ज (तीनवटा मोडल) लञ्च गरियो। यस अवसरमा एनएक्सटी मोबिलिटी एनर्जी प्रा. लि.-का निदेशक अमरेन्द्र कुमार वर्मा, ख्यातिप्राप्त फोटोग्राफर अनुपम हलदर र बिक्री केन्द्रका प्रमुख एसके सिन्हा उपस्थित थिए। यस अवसरमा एनएक्सटी मोबिलिटी एनर्जी प्रा.लि.-को तर्फबाट एसके सिन्हाले भने, प्रत्येक मोडल ४-देखि ६ वटा वेरियण्टमा उपलब्ध हुनेछ अनि प्रत्येकको कम्तीमा ४ अलग-अलग रंग हुनेछ। यस इलेक्ट्रिक स्कूटरको शुरुवाती मूल्य ५०,००० रुपियाँ रहनेछ।

कम्पनीको नयाँ शोरूम र बिक्री केन्द्र काेलकत्ताको गरियामा बालेश त्रिपाठीको स्वामित्वमा खोलिन गइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement