एकीकृत माले कोशी प्रदेश संसदीय दलको सचेतकमा चौधरी मनोनीत

IMG-20240917-WA0183(1)

भद्रपुर: नेकपा कीकृत माले कोशी प्रदेश संसदीय दलको सचेतकमा प्रदेश सभा सदस्य ललिताकुमारी चौधरी मनोनयन भएकी छिन्।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले सचेतकमा चौधरीलाई मनोनयन गरेका हुन्। नेकपा एकीकृत माले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको २०२४ सेप्टेम्बर १४को निर्णयले संसदीय दलको विधानको दफा १० बमोजिम चौधरीलाई सचेतकमा मनोनीत गरिएको प्रमुख सचेतक भण्डारीले जानकारी दिए।
सचेतकमा मनोनीत चौधरीलाई संसदीय दल, संसदीय दलको मार्ग निर्देशन तथा प्रमुख सचेतकको सल्लाह तथा परामर्शमा आफ्नो जिम्मेवारी पुरा गर्न मनोनीत पत्रमा भनिएको छ। यस अघि सचेतकमा कमला दर्नाललाई मनोनीत गरिएको थियो। दर्नाल न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा निर्वाचित भएपछि उनको ठाउँमा चौधरीलाई मनोनीत गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement