नेपाली पत्रकारहरुको टोलीद्वारा चीनको छिङहाई प्रान्तको अवलोकन भ्रमण

IMG-20240917-WA0184

भद्रपुर: नेपालको छिमेकी मित्रराष्ट्र चीनको सर्वाङ्गीण विकासमा स्वच्छ र हरित ऊर्जाले पनि मुख्य स्थान लिन थालेको छ। चीनको पश्चिमी प्रान्त छिङहाईको राजधानी सिनिङ र हाइतोङ शहरमा स्वच्छ र हरित ऊर्जाको व्यापक प्रयोगले वातावरणमा सकारात्मक योगदान पुर्याएको बताइन्छ।
उक्त प्रान्त भ्रमण गर्दै रहेको नेपाली लेखक तथा पत्रकारहरुको टोलीले सम्बन्धित उद्योगको स्थलगत अवलोकन गरेको छ।
टोलीले छिङहाई स्वच्छ ऊर्जा र हरित ऊर्जा उद्योगको अवलोकन भ्रमण गरेको छ। ती उद्योगबाट राजधानी सिनिङमा भएको स्वच्छ ऊर्जाको वितरणसम्वन्धी समग्र जानकारी लिएको छ। विशेषगरी स्वच्छ ऊर्जाको स्रोत र यसको फाइदाबारे टोलीले विशेष अभिरुचि राखेको पाइएको छ।
टोलीले हाइतोङ शहर, होङ्ग्नान नयाँ क्षेत्र छिङस्यु डिजिटल आर्थिक मुख्यालय भ्रमणको क्रममा महिला रोजगारीबारे पनि चासो लिएको छ। छिङहाई कृषि,वनजंगल र पशुपालन उत्पादन एवम् व्यापार केन्द्रले हरित अर्गानिक कृषि तथा पशुपन्छी उत्पादनमा दिएको महत्वले पनि नेपाली टोलीको ध्यानाकर्षण गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement