गाउँले आफै मिलेर मरमत्ति गरे आफ्नो गाउँ जाने बाटो

IMG-20240915-WA0240

बतासे: आज आईतबार पुल बिजनबारि खण्ड अन्तर्गत मझुवा ग्राम पंच्यात अप्पर ढाडगाँव र अप्पर बतासेको संयुक्त आयोजनामा ५० परिवारले जीर्ण अवस्थामा रहेको गाडी कुद्ने कच्चा रोड मरमति गर्यो।यो बाटोको अवस्था एकदमै दयनीय छ। यो बाटो भएर मानिसहरु ज्यानको बाजी लगाएर गाडी चलाउने गर्छन्।यो बाटोको जीर्णोद्वार र मरमत्तिको लागि विभिन्न समयमा विभिन्न क्षेत्रिय दल तथा राष्ट्रिय दलसम्मलाई गुहार लगाइएको गाउँलेहरुको भनाई छ तर कसैले यो बाटोको समस्यालाई पार लाउन नसकेको पनि गाउँलेहरुको गुनासो रहेको छ।चुनावको बेला गाउँलेहरुले बाटोको समस्या समाधान होला कि भनेर प्रतिनिधिलाई भोट हाल्दै जित दर्ता गराए पनि अहिले सम्म कसैले पनि बाटोको समस्या पार लगाइदिएन यो बाटो निर्माणमा कसैको नजर नपरेको बताउँदै गाउँलेहरु आफै मिलेर बाटो मरमत्ति गरे।

यसपटक यसरी गाउँको बाटो मरमति गर्ने क्रममा सुकिया मानेभन्जयांग समष्टि सभासद उदय देवानले केहि आर्थिक सहयोग दिएको जानकारी बतासे समाजसेवी कपिल प्रधानले बताएको छ।परोक्ष अपरोक्ष रुपमा सहयोग गरिदिने सबैप्रति गाउँलेहरुको पक्षबाट उनले धन्यवाद दिँदै यो बाटोको समस्या माथि सम्बन्धित निकाय ,क्षेत्रीय दलको नजर परिदिया जावोस भनेर निवेदन पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement