पूर्व केन्द्रीय मन्त्री निशिथ प्रामाणिकले गरे मुख्यमन्त्रीको आलोचना

Screenshot_20240913_114319_WhatsApp

कोचबिहार: जुनियर डाक्टरहरूसँगको वार्ता असफल भएपछि मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन् कि उनलाई पदको कुनै लोभ छैन र बंगालका जनताले चाहेमा राजीनामा दिन सक्छिन्। उनको भनाइपछि पूर्व केन्द्रीय मन्त्री निशिथ प्रामाणिकले मुख्यमन्त्री ममता ब्यानर्जीमाथि कडा प्रहार गरेका छन्l उनले भने, ‘मुख्यमन्त्रीले मुखबाट मात्रै नभई राजीनामा दिएर देखाउनु पर्छ। मुख्यमन्त्रीले झुट बोलिरहेकी छिन्, झूटो आश्वासन दिइरहेकी छिन्l तिलोत्तमालाई न्याय चाहिएको उनी बताउँछिन्, तर अर्कोतर्फ यस मुद्दाका आरोपीलाई बचाउन सर्वोच्च अदालतमा २१ जना चर्चित वकिल नियुक्त गरिसकेकी छन्। एक महिनाभन्दा बढी समय बितिसक्दा पनि यस विषयमा कुनै प्रगति हुनसकेको छैन, जबकि मुख्यमन्त्री ममता आफैं पनि पुलिस र स्वास्थ्यमन्त्री छन्।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement