सिलगढी: टोटो चोरीको आरोपमा माटिगरा पुलिसले एक युवकलाई पक्राउ गरेको छ। टोटो पनि बरामद भएको छ। अभियुक्तको नाम शुभम दास हो।सेप्टेम्बर ४ मा सिलगढीको माटिगडा क्षेत्रबाट टोटो चोरी भएको बताइएको छ। त्यसपछि ६ सितम्बरको दिन माटिगडा पुलिस थानामा उजुरी परेको थियो। सो उजुरीका आधारमा पुलिसले ४८ घण्टाभित्र शुभम दासलाई चोरीको टोटोसहित टोटो चोरीको आरोपमा पक्राउ गरेको हो। स्रोतका अनुसार कावाखाली क्षेत्रबाट टोटो बरामद भएको हो।

आरोपीलाई आज सिलगढी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।