तीनधारेमा तीन दिवसीय गणेश चतुर्थी पूजा शुरु

IMG-20240907-WA0297

खरसाङ: गणेश चतुर्थीको अवसरमा तीनधारेको क्रिकेट बजारमा अवस्थित रामेश्वर शिवालय मन्दिर सुधार समितिको आयोजनामा आजदेखि तीन दिवसीय गणेश चतुर्थी पूजा शुरु भएको छ। आज पहिलो दिन रामेश्वर शिवालय मन्दिर परिसरबाट आध्यात्मिक शोभा यात्रा निकालिएको छ। गणेशको मूर्ति लिएर आयोजित उक्त शोभा यात्रा राष्ट्रिय राजमार्ग भएर तीनधारेको गोलाई पाखास्थित राधाकृष्ण मन्दिरसम्म पुगेर फेरि तीनधारेको ब्लु डाईमण्ड अंग्रेजी स्कूलसम्म लगिएको छ। त्यहाँबाट पुन: मन्दिर परिसरमा आएर समापन भएको छ। उक्त तीन दिवसीय गणेश चतुर्थी पूजाको अनुष्ठान आगामी ९ सेप्टेम्बरमा पूर्णावतीसितै समापन हुने भएको छ। यस अवसरमा मानव उत्थान सेवा समिति तीनधारेद्वारा सत्संग आयोजना गरेको छ। त्यसरी नै ८ सेप्टेम्बरमा साई समिति तीनधारेद्वारा भजन कीर्तन आयोजना गरिने अनि अन्तिम दिन ९ सेप्टेम्बरमा महाकाल सेवा समिति दार्जिलिङद्वारा भजन कीर्तन आयोजना गरिने भएको छ।

उक्त तीन दिवसीय गणेश चतुर्थी पूजामा तीनजना पण्डितहरू क्रमैले प्रेम तिम्सिना, घनश्याम ढकाल र राजेन निरौलाद्वारा पूजा अर्चना गरिरहेको जानकारी रामेश्वर शिवालय मन्दिर सुधार समिति तीनधारेको सचिव बिनयकुमार छेत्रीले दिएका छन्। उनले दिएको जानकारी अनुसार यो तीन दिवसीय गणेश चतुर्थी पूजाको मुख्य उद्देश्य विश्व शान्ति र तीनधारेको शान्ति रहेको साथै तीनधारेमा सुख शान्ति साथै विकास होस् भनेर आयोजना गरिएको बताएका छन्।

About Author

Advertisement