भागाेप्रमाेकाे स्थापना दिवसलाई केन्द्र गरेर मिरिकमा झण्डा लगाउने कार्य सम्पन्न

IMG-20240907-WA0301

मिरिक: भारतीय गाेर्खा प्रजातान्त्रिक माेर्चाले आगमी ९ सेप्टेम्बरमा मिरिककाे आले खेल मैदानमा पालन गर्ने पार्टीकाे चाैथाे स्थापना दिवसलाई केन्द्र गरेर मिरिक बजार, साैरेनी आदि ठाउँहरूमा व्यापक झण्डा लगाउने कार्य गरिरहेकाे छ। साेही अनुरूप आज शनिबार मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईकाे नेतृत्वमा समष्टिका युवाहरूले मिरिक बजार अनि कृष्ण नगरमा पार्टीकाे झण्डा लगाउने कार्य गरेकाे छ। यस अवसरमा बाेल्दै सभासद मिलेस राईले मिरिकमा पार्टीको चाैथाे स्थपना दिवस पालन गर्ने तयारी भब्य रूपमा भइरहेकाे जानकारी गराउँदै प्रत्येक समष्टिमा नै झण्डा लगाउने कार्य भइरहेकाे बताए।उनले ९ सेप्टेम्बरमा बिहान दस बजीदेखि पार्टीको स्थापना दिवस कार्यक्रम शुरू हुनेछ भने। यस अवसरमा बाेल्दै मिरिक थर्बु डुप्टिन समष्टिका युवा नेता निङमा लेप्चाले मिरिकमा पालन गरिने स्थपना दिवसलाई केन्द्र गरेर पार्टी कार्यकर्ताहरूमा उत्साह रहेकाे अनि उत्साहजनक युवाहरूले चाेक चाेकमा झण्डा लगाउने कार्य गरिरहेकाे बताए।उनले पहाडमा भागाेप्रमाेकाे उदयपछि पहाड शान्तिपूर्ण रहेकाे अनि सबैले आनन्दसित जीवन यापन गरिरहेछ। पढ्ने नानीहरूले राम्रोसँग पढिरहेकाे छ भन्दै हामी पहाडमा शान्ति र विकास चाहान्छाै भने। उनले वर्तमान युवाहरू बन्दकाे विराेधमा रहेकाे पनि बताए।

About Author

Advertisement