खरसाङ: खरसाङ विश्वकर्म समाजद्वारा श्री गणेश चतुर्थीका अवसरमा समाजको आगामी वर्ष २०२५ मा एक सय वर्षको शतवार्षिकी कार्यक्रमको शंखघोष गर्दै स्थानीय एसबीडे सेनिटोरियम अस्पताल परिसरमा फल-फूल जातीय बिरुवाहरू रोप्ने कार्य सम्पन्न गरिएको छ। उक्त बिरुवाहरू खरसाङ डाउहिल रेञ्जका वन विभागका रेञ्जर अफिसर एवं प्रशिक्षक प्रमोद शंकरको सहयोगितामा रोपिएको छ। यस अवसरमा समाजका सभापति निर्मल गहतराज, सचिव केशव सिंह लगायत पदाधिकारीवर्ग र सदस्यगण क्रमैले काजीमान सिलाल, सुष्मा सिंह, इन्द्र सिंगौरे, सबिता राजमेर, कमलसिंह सिलाल, प्रतिमा तिरुवा, विनोद रसाईली अनि हेमन्तकुमार दर्नाल आदि उपस्थित रहेका थिए।









