यूएस ओपन २०२४: पुरुष एकलको फाइनलमा यानिक सिनरलाई चुनौती दिन तयार टेलर फ्रिट्ज

IMG-20240907-WA0237

न्यूयोर्क: विश्वका नम्बर एक खेलाड़ी यानिर सिनर र अमेरिकाका १२औं वरीयता प्राप्त टेलर फ्रिट्जले संघर्षपूर्ण म्याचहरूमा जीत हासिल गरी पहिलोपल्ट यूएस ओपन टेनिस टुर्नामेण्टमा पुरुष एकलको फाइनलमा स्थान बनाए। तीन हप्ताभन्दा कम्ती समय अघि डोपिंगको मामिलामा मुक्ति पाउने इटलीका २३ वर्षीय सिनरले ब्रिटेनका २५औं वरीयता प्राप्त ज्याक ड्रेपरलाई सीधा सेटमा ७-५, ७-६ (३), ६-२-ले पराजित गरे। यसरी फ्रिट्ज र जेसिका पेगुलाले यस साल पुरुष र महिला एकलको सम्बन्धित फाइनलमा पुगेर इतिहास रचे। साल २००२ पछि पहिलोपल्ट कुनै अमेरिकी पुरुष र महिला खेलाड़ीले यूएस ओपन फाइनलको एकल स्पर्धाहरूमा प्रतिस्पर्धा गर्नेछन्। वरीयताको हिसाबले फ्रिट्ज र पेगुला पछि रहे पनि उनीहरूलाई न्यूयोर्कको दर्शकहरूबाट भरपूर समर्थन प्राप्त हुनेछ। फ्रिट्जले अन्य एउटा सेमिफाइनलमा आफ्नै देशका २०औं वरीयता प्राप्त फ्रान्सिस टियाफोलाई ५ सेटको म्याचमा ४-६, ७-५, ४-६, ६-४, ६-१-ले पराजित गरी पहिलोपल्ट कुनै ग्राण्ड स्ल्याम टुर्नामेण्टको फाइनलमा प्रवेश गरे। यसअघि न्यूयोर्ककी ३० वर्षीय पेगुलाले महिला एकलको सेमिफाइनलमा क्यारोलिना मुचोवालाई १-६, ६-४, ६-२-ले पराजित गरी पहिलोपल्ट कुनै ग्राण्ड स्ल्यामको फाइनलमा प्रवेश गरिन्। महिला एकलको अन्य एउटा सेमिफाइनलमा गत सालकी उपविजेता आर्यना सबालेंकाले अमेरिकाकी एम्मा नवारोलाई ६-३, ७-६ (२)-ले पराजित गरी फाइनलमा प्रवेश गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement