कालेबुङ: महिला फूटबल खेल अनि खेलाड़ीहरूका विकास गर्नमा प्रयासरत कालेबुङको देबाञ्जन शेयर गर्ल्स एकाडमीको तत्त्वावधानमा डीएसजीए कप गर्ल्स फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। टुर्नामेण्ट दुईवटा आयु वर्ग (अण्डर-१३ र अण्डर-१५)-मा हुनेछ। जम्मा २१ वटा टीमले टुर्नामेण्टमा हिस्सा लिनेछ। यसमा ८ वटा टीम अण्डर-१३ वर्गमा रहनेछ। यसरी अण्डर-१५ टुर्नामेण्टमा १३ वटा टीमले हिस्सा लिनेछ। टुर्नामेण्टमा एउटा आमन्त्रित टीम (इस्लामपुर) पनि रहनेछ। जीटीए-को सहयोगमा हुने यस सेवेन ए साइड टुर्नामेण्टको सबै म्याचहरू कारमाइकल (कारपिन) ग्राउण्डमा हुनेछ। दुवै वर्गको फाइनल म्याच २० सेप्टेम्बरमा खेलिनेछ।










