गेनिङमा संस्कृत सम्भाषण शिविर अनि सम्मेलनको आयोजना

IMG-20240905-WA0303

गेजिङ: पश्चिम सिक्किमको लोअर बर्मेक संस्कृत उच्चतर माध्यमिक पाठशाला र लोकभाषा प्रचार समितिको संयुक्त आयोजनामा आजदेखि दस दिवसीय संस्कृत सम्भाषण शिविर तथा संस्कृत सम्मेलन विद्यालय परिसरमा शुरू भएको छ। समारोहको उद्घाटन धर्मगुरु रोहित राज महाराजले गरे। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका महाराजका साथमा सिक्किम दुध उत्पादन सहकारी समितिका अध्यक्ष याम कुमार मिश्र, पण्डित खुसेन्द्र शर्मा , चारधाम नाम्चीका प्रशासक नारदमणि न्यौपाने, अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघका अध्यक्ष नारायण खतिवडा, गेजिङ नगर पञ्चायत अध्यक्ष देवेन्द्र शर्मा, ग्राम पञ्चायत सभापति गणेश नेपाल लगायतका विशिष्ट व्यक्तिहरू उपस्थित रहेको थियो। यस सम्मेलनमा लोअर बर्मेक संस्कृत उच्चतर माध्यमिक पाठशालाका प्राचार्य पीपी शर्माको विशेष भूमिका रहेको छ। उनले दिएको जानकारी अनुसार यो शिविर तथा सम्मेलन आगामी १४ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ। शिविरको मुख्य उद्देश्य संस्कृत भाषाको प्रचार-प्रसार गर्दै विद्यार्थीहरूलाई संस्कृत भाषामा दक्ष बनाउनु हो। साथै, संस्कृत भाषा प्रतिको रुचि जागृत गराउँदै यस भाषाको महत्त्वलाई समाजमा स्थापित गर्ने प्रयास गरिएको छ। कार्यक्रममा राज्यभरका विभिन्न संस्कृत पाठशालाका शिक्षक-शिक्षिका, विद्यार्थी तथा संस्कृतप्रेमीहरूको उपस्थिति रह्यो। कार्यक्रममा सहभागीहरूले संस्कृत भाषामा सम्भाषण गर्दै भाषा सिक्नका लागि विभिन्न क्रियाकलापहरू सञ्चालन गर्नेछन्। यस शिविरले विद्यार्थीहरूलाई संस्कृत भाषाको महत्त्व बुझाउँदै यसलाई व्यवहारिक जीवनमा प्रयोग गर्ने प्रेरणा दिने विश्वास गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement