राज्यस्तरीय मोकड्रिल अभ्यासको तयारी रफ्तारमा

IMG-20240905-WA0301

गान्तोक: गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेको अध्यक्षतामा आज स्थानीय सिच्चेस्थित जिल्ला प्रसासनिक केन्द्रमा बसेको बैठकले राज्यस्तरीय मोकड्रिल अभ्यासबारे छलफल गऱ्यो। बैठकमा उपस्थित जिल्ला प्रशासनिक अधिकारीहरु, सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणका अधिकारीहरु, सेना, सीमा सड़क संगठन, दुरसंचार निगम लगायत विभिन्न राज्य सरकारका विभिन्न विभागका प्रतिनिधिहरूलाई अबियानबारे जानकारी दिइएको थियो। गान्तोक जिल्ला आपदा प्रबन्धऩप्राधिकरणका अधिकारी सोनाम वाङ्ग्याल लेप्चाले मोकड्रिलको लागि तोकिएका स्थानहरूको विवरण दिए। जिल्लापालले सबैलाई अभियान र जिम्मेवारीहरूबारे बताए।

About Author

Advertisement