पञ्चायत कार्यसम्पादन मूल्याङ्कन समितिको दोस्रो समन्वय बैठक

IMG-20240905-WA0291

सोरेङ: सोरेङ जिल्लाका जिल्लापाल धिरज सुवेदीको अध्यक्षतामा जिल्ला पञ्चायत कार्यसम्पादन मूल्याङ्कन समितिको दोस्रो समन्वय बैठक आज सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। उक्त बैठकमा राष्ट्रीय पञ्चायत पुरस्कार २०२४ लाई लिएर छलफल गरिएको जानकारी गराइएको छ। आजको बैठकमा अतिरिक्त जिल्लापाल (विकास) गायस पेगा, डीपीओ कुमार सुब्बा, शिक्षा विभागका संयुक्त निर्देशक एमके खेवा लगायत अन्य अधिकारीहरूले पनि अंशग्रहण गरेका थिए। यसका साथै बैठकमा गरिबीमुक्त र उन्नत जीविकोपार्जन पञ्चायत, स्वस्थ पञ्चायत, बालमैत्री पञ्चायत, खानेपानी पर्याप्त पञ्चायत, स्वच्छ र हरित पञ्चायत, पञ्चायतमा आत्मनिर्भर पूर्वाधार, सामाजिक न्यायसहित डीपीपीएस द्वारा क्षेत्रीय मूल्याङ्कनका लागि योग्य विषयबारे चर्चा परिचर्चा गरियो। सोही प्रकारले बैठकमा समितिका सबै सदस्यहरूलाई मूल्याङ्कनका लागि जिम्मेवारी तोकिएको थियो, जहाँ जिल्लापाल-सह-अध्यक्षले सबैलाई गम्भीरताका साथ फिल्ड भ्रमण गर्न आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement