नयॉं दिल्लीमा आयोजित अखिल भारतीय उद्योग एवं वाणिज्य मन्त्रीहरूको सम्मेलनमा मन्त्री भोटिया बने सहभागी 

n62968486017255563863071c3fb001074193aff761fc9834394ce70a33fd8dd29da9474f51ef865473ed1c

गान्तोक: सिक्किम सरकारको वाणिज्य एवं उद्योग विभाग मन्त्री छिरिङ टी. भोटिया आज नयॉं दिल्लीमा आयोजित अखिल भारतीय उद्योग एवं वाणिज्य मन्त्रीहरूको सम्मेलनमा सहभागी बने।
उक्त सम्मेलनको अध्यक्षता केन्द्रिय उद्योग एवं वाणिज्य मन्त्री पीयूष गोयलले गरेको थियो।
सम्मेलन राज्यहरूबीच औद्योगिक बृद्धि, व्यापार अभिवृद्धि र लगानी प्रवर्द्धन गर्ने रणनीतिहरूमा केन्द्रित रहेको बताइएको छ। मन्त्री भोटियाले सिक्किममा औद्योगिक विकासको सम्भावनाहरूमाथि प्रकाश पार्दै केन्द्र सरकारको सहयोगमा राज्यको आर्थिक र वाणिज्यिक क्षेत्रलाई सुदृढ़ बनाउन सकिने उपायहरूको बारेमा जानकारी गराए।

About Author

Advertisement