अनित थापाले गरे मिरिकको थर्बु उच्चत्तर माध्यमिक विद्यालयकाे नव निर्मित भवनको उदघाटन

IMG-20240905-WA0265

माेडल स्कूल हाेइन माेडल शिक्षा हामीलाई चाहिएकाे छ: अनित थापा

मिरिक: मिरिक महकुमा अन्तर्गत नाै माइलमा गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासनमार्फत एक कराेड चाैध लाख रूपियाँमा निर्माण गरिएकाे थर्बु उच्चत्तर माध्यमिक विद्यालयको नव निर्मित भवनकाे उदघाटन शिक्षक दिवसकाे पावन अवसरमा गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाले आज एक भव्य कार्यक्रममाझ उदघाटन गरेका छन्। सभासद एंव विद्यालय सञ्चालन समितिका अध्यक्ष मिलेस राईकाे अध्यक्षता अनि थर्बु उमाविका शिक्षक शिक्षिकाहरू रमेश गजमेर, चन्द्रिका प्रधान, दीप प्रधान, डीके. ब्लाेनकाे सञ्चालनमा भएकाे उदघाटन कार्यक्रममा जीटीएका मुख्य सचिज विजय भारती, कार्यकारी सभासद सतीश पाेख्रेल, मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई, सियाेक गाेपालधारा ओकाईटी समष्टिको सभासद धुर्ब बम्जन,मिरिक नगरपालिका अध्यक्ष एलबी राई, मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री माइती, मिरिकका जनसम्पर्क अधिकारी विवेक गाेले लगायत विभिन्न स्कूलका शिक्षक शिक्षिकाहरू, ग्राम पञ्चायतका पदाधिकारीहरू उपस्थित रहेका थिए। नव निर्मित विद्यालय भवनकाे उदघाटनपछि शिक्षक दिवसको पावन अवसरमा डाक्टर सर्वपल्ली राधाकृष्णनलाई श्रद्धाञ्जली अर्पण गरियाे भने दीप प्रज्वलन साथै गणेश बन्दना प्रस्तुत गरियाे। यस अवसरमा केक पनि काटिएको थियो। यस अवसरमा

इन्दु प्रधानद्वारा सरस्वती बन्दना नृत्य प्रस्तुत पनि गरियाे। थर्बु उमाविका शिक्षक प्रभारी मणिकुमार प्रधानले सबैलाई स्वागत जनाउँदै स्वागत मन्तव्य पाेखेपछि बाँसुरीको धुनमा कालजयी गीत ‘अल्झेछ क्यारे पछ्यौरी’ प्रस्तुत गरियाे। यस अवसरमा विद्यालयकाे पक्षबाट संस्थापक सदस्य अनि अतिथिहरुलाई सम्मान पनि गरियाे। कार्यक्रममा विद्यालयका संस्थापक सदस्य मीकुमार योञ्जनले थर्बु उमाविकाे स्थापनाकालकाे सम्पूर्ण विवरण प्रस्तुत गर्दै हालसम्म विद्यालयकाे यात्राबारे बताएका थिए। कार्यक्रममा गीत अनि नृत्यहरू पनि प्रस्तुत गरियाे। यस अवसरमा बाेल्दै गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाले मानिसकाे जीवनमा शिक्षा अति महत्त्वपूर्ण रहेकाे जानकारी गराउँदै जीटीएले पहाडकाे शिक्षा क्षेत्रमा कार्य गर्ने प्रयास गरिरहेकाे छ र माेडल स्कूल हाेइन माेडल शिक्षा हामीलाई चाहिएकाे छ भने। उनले भने, ‘पहाडमा विगतमा भएका बन्द र आन्दाेलनले यहाँकाे शिक्षा व्यवस्थालाई प्रभाव पारेकाे थियाे। तर २०१७ पछि पहाडमा शान्ति स्थापना भएकाे छ। यसैले नानीहरूले यहाँ राम्राे वातावरणमा पढ्ने अवसर पाइरहेको छ। हाम्रा नानीहरूले राेजगारकाे अवसर पाइरहेकाे छ।’

उनले अघि भने, ‘म सरकारसित मिलेर काम गर्दैछु र स्कूल, सडक आदि निर्माण भइरहेकाे छ। यी सब मैले दिएकाे हाेइन१ सरकारले दिएकाे हाे। याे याथर्थ हाे।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement