रम्फूमा पिस्तोल, जिउँदो कारतुस र ड्रग्ससितै एक युवक पक्राउ

WhatsApp-Image-2024-09-05-at-10.57.33

गान्तोक: सिक्किमको प्रवेशद्वार रम्फूको पुरानो चेकपोस्टमा पुलिसको नियमित नाकामा अमेरिकी पिस्तोल र जिउँदो कारतुस अनि प्रतिबन्धित नशालु पदार्थसितै एक २२ वर्षीय युवक पक्रा परेको छ। पुलिसले दिएको जानकारी अनुसार मूलरूपमा बिहारको किशनगञ्जको निवासी जिशान राजा अहिले रम्फू आईबीएममा बस्दै माछामासु बेच्ने गर्दथ्यो। पुलिसले छानबीनमा अमेरिकामा बनिएको एउटा पिस्तोल दुईवटा ७.६५ एमएमको जिउँदो कारतुस, दुईवटा खाली खोका, २७२ ट्याब्लेट स्पास्मोप्रोक्सिभोन प्रतिबन्धित नशालु दवाई २ वटा सुनको ब्रेसलेट एउटा चेन आरोपीबाट फेला पारेको छ। अवैध  हतियार राखेको आरोप र प्रतिबन्धित नशालु पदार्थ ओसारप्रसारमा साडा कानून अन्तर्गत कारबाही शुरु गरिएको छ भने राजपत्रित अधिकारीको साक्षीमा प्राप्त हतियार ड्रग्स र अन्य सामान जफ्त गरिएको छ। आरोपीलाई पक्राउ गर्नेहरूमा हेड कन्सटेबल कृष्ण बहादुर छेत्री लान्स नायक ओङ्गेल भोटिया, होमगार्ड अमिर रसाइली र पेम्पा भोटिया (श्रम विभाग) रहेका थिए। राज्यमा यस प्रकारको अपराधले संगठीत रूप धर्न सक्ने आशंकाले चिन्ता भने निश्चय नै बढाएको छ जसको निम्ति सम्बन्धित निकाय र आम नागरिकले आफ्नो जिम्मेवारी अझ सशक्तरूपमा निर्वाह गर्नुपर्ने देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement