ग्राहक बनेर पसलबाटग साउन्ड बक्स चोरी, दम्पती पक्राउ

IMG-20240717-WA0001

सिलगढी: एउटा दम्पती ग्राहकको रूपमा पसलमा पसेर साउन्ड बक्स चोरेको घटना प्रकाशमा आएको छ। पुलिस थानामा उजुरी दर्ता हुनेबित्तिकै सिलगढी पुलिसले दम्पतीलाई पक्राउ गरेको थियो। पक्राउ परेका दम्पतीको नाम अमरेश सरकार र श्यामोली सरकार रहेको छ। सिलगढी पुलिस थाना अन्तर्गतको रवीन्द्रनगर मेन रोडमा रहेको एउटा इलेक्ट्रोनिक्स पसलमा मंगलबार एक जोडी ग्राहक बनेर प्रवेश गरेको बताइएको छ। त्यसपछि पसलेलाई इलेक्ट्रोनिक्स सामान देखाउन भन्दै व्यस्त राखिएको थियो ।यही मौकाको फाइदा उठाउँदै दम्पतीले साउन्ड बक्स चोरेर केही नकिनी पसलबाट निस्के। पछि पसल मालिकले चोरी भएको थाहा पाए। घटना लगत्तै सिलगढी पुलिस थानामा उजुरी दर्ता गरिएको थियो। उजुरी पाएपछि पुलिसले पसलको सीसीटीभी फुटेज जाँच गरेको थियो। त्यसपछि दम्पतीको पहिचान भयो। त्यसपछि मंगलबार राति नै सिलगढीको भावेश मोडबाट दम्पतीलाई पक्राउ गरिएको थियो।पुलिसले चोरी भएको साउन्ड बक्स पनि बरामद गरेको छ। पक्राउ परेका दम्पतीलाई आज सिलगढी अदालतमा पेश गरिएको छ।पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement