नेपाली भाषाबारे दार्जिलिङ नगरपालिकाद्वारा अध्यादेश जारी

IMG-20240904-WA0301

दार्जीलिङ: अन्य भाषा ऐच्छिक भए तापनि नगरपालिका क्षेत्रमा सूचना पट (साइन बोर्ड) नेपाली र अंग्रेजी भाषामा हुन पर्ने विषयमा दार्जिलिङ नगरपालिकाले अध्यादेश जारी गरेको छ। दार्जिलिङ नगरपालिका बोर्डको बैठकले यसबारेमा जीटीए मुख्य कार्यपाल अनित थापाको घोषणालाई स्वागत जनाउँदै उक्त प्रस्ताव पारित गरेको नगराध्यक्ष दिपेन ठकुरीले जनाएका छन्।
मिडियासितको कुराकानीमा उनले अर्कोतिर जनचाहना एवं सुविधालाई ध्यानमा राख्दै ३२ वार्डमा ६ सय पब्लिक हाइड्रेन जडान गरिने प्रस्ताव पारित गरिनुसँगै प्रत्येक घर जल वितरण गर्न अम्रुत-२ परियोजना अन्तर्गत अन्य प्राकृतिक स्रोतहरु ट्यापिङ गर्ने परियोजनाबारे चर्चा चलिरहेको जानकारी गराए।

About Author

Advertisement