दार्जिलिङ: दार्जिलिङ पहाडको बढ्दो ट्राफिक समस्यामाथि ध्यानाकर्षण गराउँदै सभासद अजय एडवाडर्सद्वारा राज्यको परिवहन मन्त्री स्नेहासिस चक्रवतीलाई पत्रचार गरिएको छ। दार्जीलिङ पहाडमा ट्राफिक समस्या यस गरी गाढे घाउ सरह भएको छ। सिलगढीदेखि दार्जीलिङसम्म चल्ने बस गाडीहरूको सञ्चालनले दार्जीलिङ पहाडको ट्राफिक समस्या अझ जटिल बन्दै गईरहेको छ। दार्जीलिङ पार्वतीय क्षेत्रको बाटोहरू त्यसै पनि सानो र साँघुरो छ। त्यसैमाथि राज्य सरकारले बस गाडीहरूको सञ्चालन गरेर ट्राफिकको स्थिति अझ जटिल बन्दै गई रहेको छ भनी हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष एंव जीटीएको सभासद अजय एडवर्डले पत्रमा उल्लेख गरेका छन्। उनले लेखेको पत्रमा लेखेका छन् -‘दार्जीलिङ पहाडको ट्राफिक समस्याले स्थानीय मानिसहरू त हतु हैरान भएकै छन् भने गाडी चालकहरूदेखि लिएर देश विदेशबाट दार्जीलिङ पहाड घुम्न आएका पयर्टकहरू पनि परिसान भएको सुन्न र देख्न पाइन्छ अनि यो चिन्ताको विषय हो। ठूल्ठूला बस गाडीहरूको सञ्चालनले दार्जीलिङ पहाडमा ट्राफिक समस्याहरू उत्पन्न भई रहेको छ। बढ्दो ट्राफिक समस्यालाई अविलम्ब समाधान गर्नु पर्ने दार्जीलिङ पहाडको चालक संगठनहरूले मांग गर्दै आईरहेको छ। गाडी चालकहरूलाई गाडी चलाउन साथै पयर्टकहरूलाई पयर्टन स्थलहरूको भ्रमण गराउन उतिकै समस्या भईरहेको छ।टुरिस्ट सिजन आउन अब केवल दुई सप्ताह मात्र बाँकी छ।पहाडको बढ्दो ट्राफिक समस्यालाई समाधान गर्न राज्य सरकारले ठूल्ठूला बस गाडीहरूको साटो सा-साना बस गाडीहरूको सञ्चालन गरी दिए पहाडको बढ्दो ट्राफिकमा केही हदसम्म भए पनि अंकुश लाग्न सक्छ भन्ने विषयमा आशावादी छु।’