कोचबिहार पुलिसद्वारा पछिल्लो एक महिनामा ५९ बालबालिका उद्धार

IMG-20240904-WA0271-1

कोचबिहार: कोचबिहार पुलिसले पछिल्लो एक महिनामा विभिन्न समयमा बेपत्ता भएका ५९ बालबालिकाको उद्धार गरेको छ। कोचबिहारका अतिरिक्त पुलिस अधीक्षक कृष्ण गोपाल मीनाले आज कुचबिहार पुलिस अधीक्षकको कार्यालयमा पत्रकार सम्मेलनमा यो घोषणा गरे। आज पत्रकार सम्मेलन गर्दै उनले अपरेशन आनन्दको पाँचौं किस्ता अगस्तदेखि शुरु भएको बताए। गत वर्ष अगस्तमा कोचबिहार पुलिसले ठूलो सफलता हात पारेको थियो। पुलिसले कोचबिहारका विभिन्न थाना क्षेत्रबाट हराएका ५९ बालबालिकालाई उद्धार गरेको छ। गत अगस्त महिनामा बेपत्ता भएका १९४ जनाको उद्धार गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement