मतिगढा स्कूलकी छात्राको दुष्कर्म र हत्यामा संलग्न मोहम्मद अब्बास दोषी ठहर

court-symbol-copy

सिलगढी: मतिगढामा एक स्कूलकी छात्रालाई सुनसान घरमा पसेर खुलेआम दुष्कर्म गरेर हत्या गरियो, यति मात्र होइन, उनको टाउकोलाई कसैले चिन्न नसक्ने गरी इँटाले कुच्याएको थियो। सीसीटीभी क्यामेराको आधारमा आरोपी मोहम्मद अब्बासलाई मतिगढा प्रहरी चौकीले पक्राउ गरेको थियो। मुद्दा शुरु भएपछि करिब ९ महिनाको सुनुवाइपछि सिलगढी अदालतले विद्यार्थी, पुलिसको साक्षीलगायत सबै प्रमाणका आधारमा मोहम्मद अब्बासलाई दोषी ठहर गरेको छ। आउँदो शुक्रबार अदालतले दोषीलाई कडा भन्दा कडा सजाय दिन सक्नेछ भने मृतक विद्यार्थीका परिवारका सदस्य भने खुशी छन्। बुधबार बिहानैदेखि मृतक विद्यार्थीका परिवार र उनको समुदायका सदस्य हातमा प्लेकार्ड लिएर अदालत परिसरमा हडतालमा बसेर फैसलाको पर्खाइमा बसेका थिए।

About Author

Advertisement