कोलकाता: एक महत्त्वपूर्ण र ऐतिहासिक कदम चाल्दै पश्चिम बंगाल विधानसभाले मंगलबार दुश्करम विरोधी ‘अपराजिता’ विधेयक पारित गरेको छ। यो विधेयक राज्य सरकारले पेश गरेको हो, र महिलाको सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। भाजपाले विधानसभामा मुख्यमन्त्री ममता ब्यानर्जीको अगाडि शक्तिशाली नारा दियो ‘दफा एक दाबी एक मुख्यमन्त्रीले राजीनामा’। यसमा मुख्यमन्त्रीले भनिन्, ‘गणतन्त्रमा सबैलाई बोल्ने अधिकार छl’ उनले टीएमसी विधायकहरूलाई शान्त रहन सल्लाह दिइन्।
‘अपराजिता’ विधेयकलाई प्रतिपक्षले पनि समर्थन गरे पनि त्यसमा ७ वटा संशोधन प्रस्ताव गरेको थियो। सुभेन्दु अधिकारीले यो ऐन यथाशीघ्र कार्यान्वयन गर्न माग गर्दै पूर्ण समर्थन रहेको बताए। मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘जसमा महिलाहरू राम्रोसँग बस्न सक्दैनन्, त्यो समाज कहिल्यै समृद्ध हुन सक्दैन। हामी सीबीआईबाट न्यायको अपेक्षा गर्दछौंl’ यस विधेयकलाई स्वीकृति दिनका लागि राज्यपालको सहमति जनाउन अनुरोध गर्न उनले भाजपासित आग्रह गरिन्। मुख्यमन्त्रीले विधेयकलाई ऐतिहासिक भन्दै यसलाई महिला सुरक्षाका लागि महत्वपूर्ण कदम भनिन्। उनले भनिन्, ‘बंगालमा महिलामाथि हुने अत्याचारको एउटा पनि घटना नहोस् भन्ने मेरो मान्यता छ।‘ मुख्यमन्त्रीले यो पनि दावी गरिन् कि केन्द्रीय संस्थाहरूले बंगाल सबैभन्दा सुरक्षित ठाउँ हो भन्ने विश्वास गर्छन्, जबकि उत्तर प्रदेश र गुजरातमा महिलामाथि अत्याचारका लाखौं घटनाहरू रिपोर्ट गरिएका छन्।










